काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिएको भएको छ ।
प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताए ।
‘हामी हिजो अस्ति नै मात्र हो फरक मत राखेर तपाईंसँग रहेनौं है भनेर हिडेको। आजको आजै विश्वासको मत दिन सकेनौं,’ लिङ्देनले भने।
प्रधानमन्त्री दाहालमाथ व्यंग्य गर्दै लिङ्देनले भने, ‘उहाँ भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ। दुई महिनामा दुईदुई चोटी विश्वासको मत लिने मौका प्राप्त गर्नुभएको छ। बैशाख १५/२० तिर फेरि यस्तै दिन नआओस् म कामना गर्न चाहन्छु।’
Facebook Comments Box
