काठमाडौं । झापाको भद्रपरस्थित मेची बहुमुखी क्याम्पसमा एमालेनिकट अनेरास्ववियूले स्ववियू निर्वाचन जितेको छ।
आइतबार भएको निर्वाचनमा गठबन्धन उम्मेदवारलाई पराजित गर्दै अनेरास्ववियुका सन्देश धमला विजयी भएका हुन्।उनले ९६० मत पाएर सभापतिमा जीत निकालेका हुन् ।
निकटतम प्रतिस्पर्धी नेविसंघका किशोर ढुंगानाले ८३० मत पाएका छन् ।

माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी निटक अनेरास्ववियूको संयुक्त प्यानलका सभापति उम्मेदवार विशाल गिरीले २५६ मत पाएका छन् ।
त्यस्तै सचिवमा पनि अनेरास्ववियुकै विदन राई एक हजार १३ मतसहित विजयी भएका छन् ।
कोषाध्यक्षमा नेविसंघकी निलम कार्की विजयी भएकी छन् । सदस्यमा मिश्रित परिणाम आएको छ ।
Facebook Comments Box
