Author: खबरमञ्च

काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पत्रकार सम्मेलनको आयोजना गर्दैछ । बुधवार केन्द्रिय पार्टी कार्यलय धुमबाराहीमा १ः३० मा सम्मेलन हुँदैछ । सोमवारबाट बसेको पार्टीको केन्द्रिय समितिको बैठकका निणर्य सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो । पत्रकार सम्मेलन कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्बोधन गर्ने बताइएको छ ।

Read More

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले डिल्ली बजारस्थित कारागारमा केन्द्रीय पदाधिकारीको बैठक बेलाएको छ । बैठकमा रेशम चौधरीको सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसलाको सम्बन्धमा छलफल हुनेछ । कारागारमा रहेका चौधरीले बैठक बेलाउन लगाएका हुन् ।बैठक आज(बुधवार) १० बजेपछि बस्दैछ । नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन थापाले कारागारमा पार्टीको बैठक बेलाइएको जानकारी दिए । उनले भने,‘कारागारमा पार्टीको बैठक बेलाइएको छ । १० बजेपछि बैठकमा हामी सहभागिहुने कार्यक्रम छ । चौधरीको सन्र्दभमा सर्वोच्च अदालतले गरेको फैसलाको बिषयमा बैठकमा छलफल हुनेछ ।’ महासचिव थापाका अनुसार बैठकमा पार्टीका पदाधिकारी र अगुवा नेता सहभागी हुनेछन् । सर्वोच्चले मंगलवार चौधरी विरुद्ध उच्च अदालत दिपायलकै फैसला सदर गरेको…

Read More

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक आज पनि बस्दै छ । काठमाडौँको धुम्बराहीमा सोमबारदेखि शुरु भएको बैठकको आज अन्तिम दिन हो ।  बैठकमा राजनीतिक, साङ्गठनिक, प्रादेशिक, आर्थिक र सचिवालयसम्बन्धी प्रतिवेदनहरू प्रस्तुत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ शीर्षकको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष हेमजङ्ग गुरुङको सचिवालयसम्बन्धी, महामन्त्री धवलशम्शेर राणाको साङ्गठनसम्बन्धी, कोषाध्यक्ष निलकण्ठ काफ्लेको आर्थिकसम्बन्धी र सातै प्रदेशका अध्यक्षको प्रादेशिक प्रतिवेदन बैठकमा प्रस्तुत भएका हुन् । सोमबारदेखि काठमाडौंमा शुरु भएको बैठकमा अध्यक्षबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेतृत्व पुस्तान्तरण हुनुपर्नेमा सदस्यले जोड दिएका छन् । राजसंस्था, हिन्दूराष्ट्र कायम गर्न पार्टीले आवश्यक कार्ययोजना तयार गर्नुपर्नेलागयत…

Read More

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएपनि पेट्रोलको मूल्य भने यथावत राखेको हो । यससँगै डिजेल र मट्टितेलको नयाँ मूल्य १५५ रुपैयाँ प्रतिलिटर पुगेको छ । इण्डियन आयल कर्पोरेशनले मूल्य घटाएर पठाएपछि नेपाल आयल निगम सञ्चालक समितिको आजको निणर्यअनुसार आजै राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरु राष्ट्रिय शक्ति निर्माणको घोषणा गरेका छन् । युवा संघ नेपालले चन्द्रागिरीमा मंगलबार आयोजना गरेको कार्यक्रममा अंग्रेजीमा भाषण गरेका उनले भने, ‘ वि वान्ट टू क्रियट नेशनल फोर्स द्याटिज फर, नेशनालिटी द्याटिज फर नेशनल इन्ट्रेष्ट, द्याटिज फर नेशनल फोभरेन्टी ।’ ओलीले भने, ‘हामी राष्ट्रिय फोर्स गठन गर्न चाहान्छौ । त्यो राष्ट्रियताका लागि राष्ट्रिय चासोका लागि त्यो राष्ट्रिय स्वाधिनताका लागि तथा सिमा संरक्षणका लागि मात्रै नभएर पार्टीले प्राप्त गरेका उपलब्धि संरक्षणका लागि ।’ आफूहरु राष्ट्रियता र आम नागरिकको पक्षमा उभिएको राष्ट्रिय शक्ति भएकाले पनि प्राप्त उपलब्धिको संरक्षण गर्दै राष्ट्रियताको संरक्षणका लागि एउटा बलियो नेशनल…

Read More

काठमाडौं । सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहिद घोषणा गर्ने निणर्य गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्री परिषद्को बैठले उक्त निणर्य गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । दोस्रो जनआन्दोलनमा घाइते भएका कायस्थको २८ वैशाखमा ३२ वर्षको उमेरमा निधन भएको थियो । उनले भनिन्, ‘आन्दोलनका घाइते मुकेश कायस्थ विरामी अवस्थामा निधन भएको छ । जनआन्दोलनका घाइते उनलाई शहिद घोषणा गर्ने निणर्य भएको छ ।’ २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो। गोली लाग्दा मुकेशको उमेर १४ वर्ष मात्र थियो।

Read More

काठमाडौं । सरकारले राष्ट्रपति कार्यालयमा थन्किएको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई कुनै दबाब नदिएको दाबी गरेको छ । मंगलबारको मन्त्रिपरिषद्को बैठकपछि सरकारकी प्रवक्ता सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले अघिल्लो सदनबाटै अनुमोदन गएर बसेको विधेयक प्रमाणीकरणको विषयमा राष्ट्रपति आफैंले कानूनी परार्मश लिएको बताइन् । ‘अघिल्लो सदनले पास गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्नमात्रै बाँकी थियो । त्यो विधेयकलाई अगाडि बढाउन कानूनी बाटो के हुन्छ भनेर राष्ट्रपतिले सुझाव लिएको हुनसक्छ,’ उनले भनिन्, ‘यो विषयलाई भारत भ्रणसँग जोडिँदैन । यो नेपाली नागरिकसँग जोडिन्छ । यो विषयमा गृहमन्त्रीसँग र संसदमा उठाराख्नुभएको छ । यसलाई प्रधानमन्त्रीको भारणसँग जोड्नुको औचित्य छैन ।’ सरकारले…

Read More

काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीको जन्मकैदको फैसला सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले उच्च अदालत दिपायलको फैसला नै सदर गरेको हो । यसअघि उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । २०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा चौधरीले जन्मकैदको सजाय काटिरहेका छन् । यो मुद्दामा जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेका लक्ष्मण…

Read More

काठमाडौं । सर्वोच्च अदालतले अयोग्य लडाकुलाई जनही २ लाख बाँड्ने सरकारको निणर्य तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार सो रिटमाथि प्रारम्भिक सुनवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेश दिने विषयमा छलफलका लागि सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सरकारको निणर्यविरुद्ध ज्ञानेन्द्रराज आरणले रिट हालेका थिए ।

Read More

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य ९ रुपैयाँ ५२ पैसाले घटेर आएको छ । मंगलवार भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य आएको हो । हरेक १५ दिनमा मूल्य घटबढ गर्ने नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशन बीच सहमति छ । जस अनुसार नयाँ मूल्य आएको हो । त्यस्तै, नयाँ मूल्य अनुसार डिजेल ८ रुपैयाँ १३ पैसा घटेको छ ।

Read More