काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएपनि पेट्रोलको मूल्य भने यथावत राखेको हो । यससँगै डिजेल र मट्टितेलको नयाँ मूल्य १५५ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
इण्डियन आयल कर्पोरेशनले मूल्य घटाएर पठाएपछि नेपाल आयल निगम सञ्चालक समितिको आजको निणर्यअनुसार आजै राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
Facebook Comments Box
