काठमाडौं । सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहिद घोषणा गर्ने निणर्य गरेको छ ।
मंगलवार सिंहदरबारमा बसेको मन्त्री परिषद्को बैठले उक्त निणर्य गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
दोस्रो जनआन्दोलनमा घाइते भएका कायस्थको २८ वैशाखमा ३२ वर्षको उमेरमा निधन भएको थियो ।
उनले भनिन्, ‘आन्दोलनका घाइते मुकेश कायस्थ विरामी अवस्थामा निधन भएको छ । जनआन्दोलनका घाइते उनलाई शहिद घोषणा गर्ने निणर्य भएको छ ।’
२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो। गोली लाग्दा मुकेशको उमेर १४ वर्ष मात्र थियो।
Facebook Comments Box
