काठमाडौं । सरकारले राष्ट्रपति कार्यालयमा थन्किएको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई कुनै दबाब नदिएको दाबी गरेको छ ।
मंगलबारको मन्त्रिपरिषद्को बैठकपछि सरकारकी प्रवक्ता सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले अघिल्लो सदनबाटै अनुमोदन गएर बसेको विधेयक प्रमाणीकरणको विषयमा राष्ट्रपति आफैंले कानूनी परार्मश लिएको बताइन् ।
‘अघिल्लो सदनले पास गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्नमात्रै बाँकी थियो । त्यो विधेयकलाई अगाडि बढाउन कानूनी बाटो के हुन्छ भनेर राष्ट्रपतिले सुझाव लिएको हुनसक्छ,’ उनले भनिन्, ‘यो विषयलाई भारत भ्रणसँग जोडिँदैन । यो नेपाली नागरिकसँग जोडिन्छ । यो विषयमा गृहमन्त्रीसँग र संसदमा उठाराख्नुभएको छ । यसलाई प्रधानमन्त्रीको भारणसँग जोड्नुको औचित्य छैन ।’
सरकारले राष्ट्रपतिलाई प्रमाणीकरणका लागि कुनै प्रेसर नगरेको बताएकी प्रवक्ता शर्माले नागरिकताको विषयमा आज पनि छलफल भएको बताइन् ।
