काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक आज पनि बस्दै छ । काठमाडौँको धुम्बराहीमा सोमबारदेखि शुरु भएको बैठकको आज अन्तिम दिन हो ।
बैठकमा राजनीतिक, साङ्गठनिक, प्रादेशिक, आर्थिक र सचिवालयसम्बन्धी प्रतिवेदनहरू प्रस्तुत भएका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ शीर्षकको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष हेमजङ्ग गुरुङको सचिवालयसम्बन्धी, महामन्त्री धवलशम्शेर राणाको साङ्गठनसम्बन्धी, कोषाध्यक्ष निलकण्ठ काफ्लेको आर्थिकसम्बन्धी र सातै प्रदेशका अध्यक्षको प्रादेशिक प्रतिवेदन बैठकमा प्रस्तुत भएका हुन् ।
सोमबारदेखि काठमाडौंमा शुरु भएको बैठकमा अध्यक्षबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेतृत्व पुस्तान्तरण हुनुपर्नेमा सदस्यले जोड दिएका छन् ।
राजसंस्था, हिन्दूराष्ट्र कायम गर्न पार्टीले आवश्यक कार्ययोजना तयार गर्नुपर्नेलागयत सुझाव दिएका छन् । प्रतिवेदनमा पुस्तान्तरण, तीनै तहको निर्वाचनमा पार्टीको अवस्था, संवद्र्धनवादी विश्व सङ्गठनमा पार्टीको सहभागिता, राजसंस्था, हिन्दूराष्ट्र संविधान विपरीत नभएको विषय उल्लेख छ ।
