Author: खबरमञ्च
भैरहवा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसाको आवरणमा हुने भ्रष्टाचार र मानव तस्करीलाई राष्ट्रिय मुद्दा बनाउन सफल भएको दाबी गरेको छ। बुधवार भैरहवामा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका मुख्य सचेतक सन्तोष परियारले यस्तो बताएका हुन्। परियारले भिजिट भिसाको आवरणमा नेपालमा लामो समयदेखि भ्रष्टाचार र मानव तस्करी भइरहेको बताए।उनले रास्वपाले नै यसलाई नेपाली जनताको घरघरको मुद्दा बनाएको दाबी गरे। रास्वपाको निष्कर्ष छ कि राज्यले नीति र संरचना बनाएर पनि नागरिकलाई दुःख दिएको छ। परियारले भने, “भिजिट भिसाको आवरणमा जुन किसिमको भ्रष्टाचार, मानव बेचबिखन र मानव तस्करी लामो समयदेखि नेपालमा भइरहेको थियो। त्यो मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा…
झापा- झापा इनर्जी लिमिटेडले आजदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया सुरु गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर आवेदन खुला गरेको हो। कम्पनीले आफ्नो कुल जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ८० हजार १९० कित्ता सेयर निष्काशन गरेको हो। एक कित्ता सेयरको मूल्य १ सय रुपैयाँ तोकिएको छ। यस अन्तर्गत, झापा जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा निर्माणाधीन सौर्य विद्युत आयोजना प्रभावित क्षेत्रमा पर्ने स्थानीयहरूका लागि सेयर छुट्याइएको छ। १ लाख ९० हजार ९५ कित्ता…
झापा- झापाको भद्रपुर नगरपालिका–४ स्थित नमुना बस्तीमा चारवटा जंगली हात्तीले घर तथा बालीमा ठूलो क्षति पुर्याएका छन्। गएराति करिब १ बजे बस्तीमा पसेका हात्तीहरूले स्थानीयवासीको घर तोडफोड गर्नुका साथै अन्नबाली समेत नष्ट गरेका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार टेकनाथ पराजुलीको टिनको छाना र सिमेन्ट ब्लकको घर भत्काउँदै करिब २० मन मकै खाइदिएका छन्, जसको अनुमानित क्षति करिब ३५ हजार रुपैयाँ बराबरको रहेको छ। त्यस्तै, प्रेमलाल भण्डारीको घरको झ्याल फुटाएर एक बोरा चामल र रिता विकको घरको बरन्डा भत्काएर एक बोरा मकै हात्तीले नष्ट गरेका छन्। यी दुबै घरमा करिब ७ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। करेला…
काठमाडौं- न्युयोर्क सहरमा भएको एक भयावह गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घटना स्थानीय समय अनुसार मंगलबार बिहान भएको बताइएको छ। न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार घटनामा पाँच जनालाई गोली लागेको थियो, जसमा एक जना प्रहरी अधिकारीसमेत परेका छन्। मेयरले मृतकमध्ये एक जना न्यूयोर्क प्रहरी विभाग (NYPD) का सदस्य रहेको पुष्टि गरेका छन्। अन्य दुई सर्वसाधारण र एक जना सुरक्षाकर्मी पनि घटनामा प्रभावित भएका छन्। मेयर एडम्सले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै भने, “भवनमा अझै पनि सुरक्षा जोखिम रहन सक्छ, त्यसैले कसैले पनि बाहिर ननिस्कनुहोस्। प्रहरीले भवनका सबै तला जाँच गरिरहेको छ।”…
झापा- झापाको भद्रपुर नगरपालिका–९ पुहाँतुबारीस्थित एक घरमा मंगलबार बिहान ग्यास बाल्ने क्रममा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान करिब ६:४० बजे तारा चौलागाईंको दुईतले पक्की घरको भान्साकोठामा आगो लागेको हो। ग्यास बाल्ने क्रममा अचानक आगो सल्किँदा भान्सामा रहेका भाँडाकुँडा र अन्य सामग्री जलेर नष्ट भएका छन्। प्रहरीका अनुसार आगलागीबाट करिब ७० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ। यद्यपि अन्य कोठाहरू सुरक्षित रहेको र घरमा रहेका व्यक्तिहरू तथा चौपायालाई कुनै क्षति नभएको जनाइएको छ। घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी र दमकलको सहकार्यमा बिहान ७:१२ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झापा- झापाको कचनकवल गाउँपालिका–७ स्थित सितागढी टोलमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ। स्थानीय ५० वर्षीय अरुण राजबंशीको सोमबार राति सिँचाइका लागि मोटरको विद्युत् तार जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार राजबंशी आफ्नै घर नजिक रहेको सिँचाइ मोटर मर्मत गर्दै थिए। सोही क्रममा विद्युत् प्रवाह भइरहेको अवस्थामा तार समाउँदा उनी गम्भीर रूपमा घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरिए पनि घटनास्थलमै ज्यान गएको पुष्टि गरिएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ। राजबंशीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको…
झापा- कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ । निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा तीन जनाको मृत्यु भएको उनले बताइन्। पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशानालको तथ्याङ्कले देखाएको छ । हालसम्म मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुट्टा १४३, ओखलढुङ्गा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले जानकारी दिइन् । उनले विगत ५० वर्षको अवधिमा विश्वमा डेङ्गुको सङ्क्रमण ३०…
काठमाडौं- पवित्र धार्मिक स्थल गोसाइँकुण्डमा आइतबार स्नान गर्ने क्रममा बेपत्ता भएका दुई तीर्थालुको खोजी कार्य सोमबार बिहानदेखि तीव्र पारिएको छ। मोरङ जिल्ला विराटनगरका करिब २८ वर्षीय सुजन ढकाल र बेलवारीका मनोज न्यौपाने आइतबार दिउँसो कुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका हुन्। उनीहरू गहिरो भागबाट स्नान गर्न कुण्डमा पसेको र त्यसै क्रममा डुबेको आशंका गरिएको छ। रसुवा जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार घटनापछि नेपाली सेना (श्रीनाथ गण), नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरू आइतबार बेलुकै घटनास्थलमा पुगिसकेका छन् र खोज तथा उद्धार कार्यमा जुटिरहेका छन्। गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा ठूलो सङ्ख्यामा भक्तजन पुगेका छन्। तीर्थालुहरूको भीडबीच सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मीहरूले…
काठमाडौं- अमेरिकी सहायता निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको परियोजना पुनः कार्यान्वयनतर्फ अघि बढ्ने भएको छ। अर्थ मन्त्रालयका अनुसार, एमसीसीले २०८२ साउन ८ गते (२०२५ जुलाई २४) नेपाल सरकारलाई पठाएको पत्रमा सन् २०२५ जनवरी २० मा अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेशअनुसार गरिएको पुनरावलोकन प्रक्रिया औपचारिक रूपमा सकिएको जानकारी दिइएको छ। सोही पत्रमा एमसीसी परियोजनालाई निरन्तरता दिन सिफारिस गरिएको उल्लेख छ। नेपाल सरकार र एमसीसीबीच २०७४ साल भदौ २९ गते सम्झौता भएको थियो, जसअनुसार नेपालमा विद्युत प्रसारण लाइन निर्माण र सडक स्तरोन्नति परियोजनाहरू कार्यान्वयन गरिने सहमति भएको थियो। तर सन् २०२५ मा अमेरिकी राष्ट्रपतिको कार्यालयबाट परियोजना पुनरावलोकनमा लैजाने निर्णय भएपछि त्यससम्बन्धी काम…
काठमाडौं- सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदमा विमल पौडेललाई सिफारिस गरिएको छ। सोमबार बसेको न्याय परिषद्को बैठकले पौडेललाई मुख्य रजिस्ट्रारका रूपमा प्रस्ताव गरेको हो। न्याय परिषद्का सहसचिव तथा प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार, पूर्व मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल उमेर हद (५८ वर्ष) पूरा गरी आइतबारदेखि सेवा निवृत्त भएपछि पौडेललाई त्यस पदमा सिफारिस गरिएको हो। हाल पौडेल सर्वोच्च अदालतमा रजिस्ट्रारको रूपमा कार्यरत छन्। त्यस्तै, परिषद्ले मानबहादुर कार्कीलाई रजिस्ट्रार पदका लागि सिफारिस गरेको जानकारी पनि प्रवक्ता क्षेत्रीले दिएका छन्।