काठमाडौं- सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदमा विमल पौडेललाई सिफारिस गरिएको छ।
सोमबार बसेको न्याय परिषद्को बैठकले पौडेललाई मुख्य रजिस्ट्रारका रूपमा प्रस्ताव गरेको हो। न्याय परिषद्का सहसचिव तथा प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार, पूर्व मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल उमेर हद (५८ वर्ष) पूरा गरी आइतबारदेखि सेवा निवृत्त भएपछि पौडेललाई त्यस पदमा सिफारिस गरिएको हो।
हाल पौडेल सर्वोच्च अदालतमा रजिस्ट्रारको रूपमा कार्यरत छन्। त्यस्तै, परिषद्ले मानबहादुर कार्कीलाई रजिस्ट्रार पदका लागि सिफारिस गरेको जानकारी पनि प्रवक्ता क्षेत्रीले दिएका छन्।
Facebook Comments Box
