झापा- झापाको भद्रपुर नगरपालिका–९ पुहाँतुबारीस्थित एक घरमा मंगलबार बिहान ग्यास बाल्ने क्रममा आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान करिब ६:४० बजे तारा चौलागाईंको दुईतले पक्की घरको भान्साकोठामा आगो लागेको हो। ग्यास बाल्ने क्रममा अचानक आगो सल्किँदा भान्सामा रहेका भाँडाकुँडा र अन्य सामग्री जलेर नष्ट भएका छन्।
प्रहरीका अनुसार आगलागीबाट करिब ७० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ। यद्यपि अन्य कोठाहरू सुरक्षित रहेको र घरमा रहेका व्यक्तिहरू तथा चौपायालाई कुनै क्षति नभएको जनाइएको छ।
घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी र दमकलको सहकार्यमा बिहान ७:१२ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
