Author: खबरमञ्च

काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले श्रमिकहरुले उत्पादन गरेका वस्तु तथा सेवा प्रर्वद्धन गर्ने उदेश्यले कृषि मेला आयोजना गरेको बताएकी छिन् । शनिबार बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित कृषि मेलामा बोल्दै उपमेयर लामाले आर्थिक निर्भरता उपार्जन संग जोडिने भएकोले स्थानीय श्रमिकहरुले उत्पादन गरेका वस्तुलाई प्रवद्र्धन गर्ने उदेश्यले मेला आयोजना गरेको बताएकी हुन ।उनले भनिन “बुढानीलकण्ठ नगरपालिका भरि परनिर्भरता हटाउने ,गरिबी न्युनिकरण गर्ने ,स्थानीय स्वरोजगारलाई स्थापना गर्ने मान्छेहरुलाई काम प्रति भक्ति जगाउने, आफु भित्र भएका क्षमतालाई उत्प्रेरणा मिल्छ कि भन्ने आसयले हामीले यो मेलाको आयोजना गरेका हौ ।” मेलाले कसले कस्तो सिप आर्जन गरेका छन् र उक्त सीपलाई जिविकाको रुपमा कसरी प्रयोग गरिराखेका…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक शनिबार सङ्घीय तथा प्रदेशसभा सदस्यलाई धन्यवाद दिन आयोजित समारोहमा उनले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका हुन् । उनले भने ‘राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने छु ।’ आवधिक निर्वाचन लोकतन्त्रको प्राणवायु भएको बताएका राष्ट्रपति पौडेलले…

Read More

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । भोली आइतबार बिहान साढे १० बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आइतबार नै संसदीय दलको बैठक पनि बोलाइएको छ । केन्द्रीय कार्य सम्पादन समितिको बैठक लगत्तै संसदीय दलको बैठक बस्ने बताइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ गते लिने भनेको विश्वासको मत र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

Read More

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ। आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ।

Read More

झापा । रासायनिक मलमा दिइँदै आएको अनुदान सरकारले कटौती गरेको विरोधमा झापामा किसानहरूले प्रदर्शन गरेका छन्। झापा बिर्तामोडको मुक्ति चोकमा भेला भएका झापाली किसानले रासायनिक मलमा सरकारले दिँदै आएको अनुदान सरकारले नै कटौती गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले अनुदान कटौती गर्ने सरकारी कदमको चर्को विरोध गर्दै नारावाजी गरेका थिए। रासायनिक मल युरिया तथा डिएपीका खाली बोरा लगाएर झापाली किसान आन्दोलित बनेका हुन्। पैसा अभावमा पर्याप्त मल नै किन्न नसकिने अवस्था रहेकाले सरकारले किसानलाई दिएको अनुदानमा कटौती गरेर भए पनि पर्याप्त मल किन्ने व्यवस्था गरेको सरकारी अधिकारीको भनाइ छ। तर सरकारले किसानमारा काम गरेको किसानहरूको भनाइ छ। शुक्रबार बिर्तामोडमा…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा नयाँ अनुहारले अवसर पाउनुपर्ने बताएका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सरकारमा जानेहरुमा नयाँ जोश र उत्साह बोकेका मानिसले अवसर पाउनु पर्ने बताए । अब सरकारमा जानेले राष्ट्रहितका लागि आवश्यक आँट प्रर्दशन गर्न सक्नुपर्ने बताएका थापाले भने, ‘यो पटक मन्त्री भएर जाने प्रत्येकलाई डर हुनुपर्छ, मैले परिणाम दिन सकिन भने मलाई ठूलो राजनीतिक क्षति हुन्छ । प्रधानमन्त्रीलाई पनि हुनुपर्छ । सबैलाई डर भयो भने मन्त्री परिषद्लाई पनि एउटा डर हुन्छ । डर परिणामसँग हुन्छ र त्यसले एउटा ठूलो राजनीतिक जवाफदेहिताको काम गर्छ।’ उनले सकेसम्म सबै दलहरुलाई समेटेर सरकार निमार्ण…

Read More

काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव विजयी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ गरेर ५१३ सांसदको मत पाए । एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ गरेर २७३ सांसदले गरेको मतदानबाट १६ हजार ३२८ मतभार पाइन्। जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २५३७ मतभार पाइन् ।

Read More

काठमाडौँ। उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। दिउँसो ३ बजेसम्म तोकिएको समयमा मतदान सम्पन्न भएसँगै मतगणना सुरु भएको हो। निर्वाचनमा केन्द्रमा ३११ र प्रदेश सभा मतदान केन्द्रमा ५१८ मत खसेको छ। उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसदले निर्वाचनमा मतदाता थिए। संघीय सांसद र प्रदेश सभा सदस्यहरुका लागि अलग अलग मतदान केन्द्रको व्यवस्था गरिएको थियो।

Read More

काठमाडौँ। उपराष्ट्रपति निर्वाचनका लागि निर्धारित समय सकिएको छ। दिउँसो ३ बजेसम्म तोकिएको समयमा केन्द्रमा ३११ र प्रदेश सभा मतदान केन्द्रमा ५१८ मत खसेको हो। उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसदले निर्वाचनमा मतदान गर्न पाउँछन्। संघीय सांसद र प्रदेश सभा सदस्यहरुका लागि अलग अलग मतदान केन्द्रको व्यवस्था गरिएको थियो।

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन्। खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु।विश्वकप छनोटका लागि तपाईहरूलाई थप सफलता मिलोस्। म तपाईहरूको सुखदुखमा साथमै हुनेछ’ प्रधानमन्त्रीले भने, ‘यसअघि पनि सरकारले तपाईहरूलाई…

Read More