काठमाडौँ। उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ।
दिउँसो ३ बजेसम्म तोकिएको समयमा मतदान सम्पन्न भएसँगै मतगणना सुरु भएको हो।
निर्वाचनमा केन्द्रमा ३११ र प्रदेश सभा मतदान केन्द्रमा ५१८ मत खसेको छ।
उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसदले निर्वाचनमा मतदाता थिए।
संघीय सांसद र प्रदेश सभा सदस्यहरुका लागि अलग अलग मतदान केन्द्रको व्यवस्था गरिएको थियो।
Facebook Comments Box