काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा नयाँ अनुहारले अवसर पाउनुपर्ने बताएका छन् ।
उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सरकारमा जानेहरुमा नयाँ जोश र उत्साह बोकेका मानिसले अवसर पाउनु पर्ने बताए ।
अब सरकारमा जानेले राष्ट्रहितका लागि आवश्यक आँट प्रर्दशन गर्न सक्नुपर्ने बताएका थापाले भने, ‘यो पटक मन्त्री भएर जाने प्रत्येकलाई डर हुनुपर्छ, मैले परिणाम दिन सकिन भने मलाई ठूलो राजनीतिक क्षति हुन्छ । प्रधानमन्त्रीलाई पनि हुनुपर्छ । सबैलाई डर भयो भने मन्त्री परिषद्लाई पनि एउटा डर हुन्छ । डर परिणामसँग हुन्छ र त्यसले एउटा ठूलो राजनीतिक जवाफदेहिताको काम गर्छ।’
उनले सकेसम्म सबै दलहरुलाई समेटेर सरकार निमार्ण गर्ने विषयमा नेपाली काङ्ग्रेस सकारात्मक रहेको बताए ।
Facebook Comments Box
