काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले श्रमिकहरुले उत्पादन गरेका वस्तु तथा सेवा प्रर्वद्धन गर्ने उदेश्यले कृषि मेला आयोजना गरेको बताएकी छिन् ।
शनिबार बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित कृषि मेलामा बोल्दै उपमेयर लामाले आर्थिक निर्भरता उपार्जन संग जोडिने भएकोले स्थानीय श्रमिकहरुले उत्पादन गरेका वस्तुलाई प्रवद्र्धन गर्ने उदेश्यले मेला आयोजना गरेको बताएकी हुन ।
उनले भनिन “बुढानीलकण्ठ नगरपालिका भरि परनिर्भरता हटाउने ,गरिबी न्युनिकरण गर्ने ,स्थानीय स्वरोजगारलाई स्थापना गर्ने मान्छेहरुलाई काम प्रति भक्ति जगाउने, आफु भित्र भएका क्षमतालाई उत्प्रेरणा मिल्छ कि भन्ने आसयले हामीले यो मेलाको आयोजना गरेका हौ ।”

मेलाले कसले कस्तो सिप आर्जन गरेका छन् र उक्त सीपलाई जिविकाको रुपमा कसरी प्रयोग गरिराखेका छन् भन्ने विषयमा अभिलेख राख्न सजिलो भएको उनको भनाई छ ।
उनले भनिन ‘नगरपालिका भित्र धेरै अग्र्यानिक फर्महरु रहेको भन्दै नगरपालिकाले आर्थिक रुपमा मात्र नभएर बजारीकरणमा समेत साथ दिएर स्थानीयलाई निरन्तर रोजगारी उन्मुख गराउन चाहेको छ ’।
