काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव विजयी भएका छन् ।
आज सम्पन्न निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव विजयी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ गरेर ५१३ सांसदको मत पाए ।
एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ गरेर २७३ सांसदले गरेको मतदानबाट १६ हजार ३२८ मतभार पाइन्।
जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २५३७ मतभार पाइन् ।
Facebook Comments Box
