काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।
भोली आइतबार बिहान साढे १० बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आइतबार नै संसदीय दलको बैठक पनि बोलाइएको छ । केन्द्रीय कार्य सम्पादन समितिको बैठक लगत्तै संसदीय दलको बैठक बस्ने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ गते लिने भनेको विश्वासको मत र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेसले जनाएको छ ।
Facebook Comments Box
