झापा । रासायनिक मलमा दिइँदै आएको अनुदान सरकारले कटौती गरेको विरोधमा झापामा किसानहरूले प्रदर्शन गरेका छन्।
झापा बिर्तामोडको मुक्ति चोकमा भेला भएका झापाली किसानले रासायनिक मलमा सरकारले दिँदै आएको अनुदान सरकारले नै कटौती गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले अनुदान कटौती गर्ने सरकारी कदमको चर्को विरोध गर्दै नारावाजी गरेका थिए।
रासायनिक मल युरिया तथा डिएपीका खाली बोरा लगाएर झापाली किसान आन्दोलित बनेका हुन्। पैसा अभावमा पर्याप्त मल नै किन्न नसकिने अवस्था रहेकाले सरकारले किसानलाई दिएको अनुदानमा कटौती गरेर भए पनि पर्याप्त मल किन्ने व्यवस्था गरेको सरकारी अधिकारीको भनाइ छ।
तर सरकारले किसानमारा काम गरेको किसानहरूको भनाइ छ। शुक्रबार बिर्तामोडमा आयोजना गरिएको प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अगुवाइ गरेको हो।
तस्वीरहरूः




Facebook Comments Box
