Author: admin
झापा। झापा जिल्ला फुटवल संघ तथा रमपम झापा ११ फुटबल क्लवको संयुक्त आयोजनामा २०७२ चैत २७ गते सम्पन्न रमपम झापा गोल्ड कप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आज विर्तामोडमा पत्रकार सम्मेलन गरी आयोजक समितिले हिसाव सार्बजनिक गरेको छ । कुल आम्दानी ८२१७७०७ खर्च ५७४३८०० र बचत तर्फ २४७३९०७ रहेको कोषाध्यक्ष केदार गिरी र अध्यक्ष होम पाण्डेले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।
काँकरभिट्टा । आठौँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगतामा भाग लिन पूर्वाञ्चलबाट प्रतिनिधित्व गर्ने खेल टोलीलाई सोमबार झापाको काँकरभिट्टाबाट विदाइ गरिएको छ । क्षेत्रीय प्रतियोगिताको सहआयोजक झापा खेलकुद विकास समितिले काँकरभिट्टा उमाविको खेल मैदानमा आयोजना गरेको विदाइ तथा शुभकामना आदानप्रदान कार्यक्रमका बीच खेल टोलीलाई बधाईसहित शुभकामना दिएर विदाइ गरिएको करातेका प्रशिक्षक मदनकुमार भण्डारीले जानकारी दिए । काँकरभिट्टामा आइतबार सम्पन्न आठौँ पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका विभिन्न ६ वटा खेल विधामा विजयी हासिल गर्ने ८६ जना खेलाडीसहित १ सय २ जनाको खेल टोलीलाई झापा खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापा, कार्यालय प्रमुख टहलदास मैनाली, वरिष्ठ कराते प्रशिक्षक मदन उप्रेती,…
फिक्कल । यौन तथा प्रजनन् अधिकार बारे पैरवी तथा सञ्चार अभिवृद्धि सम्बन्धी तीन दिने तालिम सुरु भएको छ । युथ एक्सन नेपालले इलामसहित विभिन्न जिल्लामा युवा अभियान्ता, अधिकारकर्मी र रेडीयोमा आवद्धलाई उक्त तालिम दिइएको युथ एक्सन झापाका कार्यक्रम संयोजक दिपक दासले जनाए । युथ एक्सन नेपालका केन्द्रीय कार्यालयका पुण्य भण्डारी, अरुणा खड्का, नेपाल परिवार नियोजन संघ पाल्पाका सोभाकान्त न्यौपाने तथा फिलिपिन्सबाट प्रजनन् अधिकारका लागि विश्व व्यापी महिला संजाल (डब्लुजीएनएसआर)की मार्विक बिङ्ग पार्कलले अभियान्तालाई सशक्तिकरण र रणनीति निर्माण बारे सहजिकरण गरिरहेका छन् । आइतबारबाट इलामको फिक्कलमा सुरु भएको तालिम मंगलबार सम्पन्न हुने छ । २५ जना अभियान्ता सहभागि रहेका छन् ।
विर्तामोड । रेडियो विराट ८८.५ मेगाहर्ज र जिल्ला विकास समिति, झापाको सहकार्यमा भएको आदिवासी, जनजाति तथा दलित वर्ग लक्षित उद्घोषण, नेतृत्व र व्यक्तित्व विकास तालिम सकिएको छ । विर्तामोडस्थित होटल हिकोलामा ५ दिनसम्म तालिम भएको थियो । रेडियो विराटकी प्रबन्ध निर्देशक लीला अनमोल मुख्य सहजकर्ता रहेको तालिममा ज्ञानेन्द्र निरौला, देवेन्द्र प्रसाईं, इन्द्रसिंह राजवंशी र गौरव पोखरेलले रेडियो उद्घोषण, नेतृत्व विकास, आदिवासी जनजातिका सवाल र प्रतिवेदन लेखनका विषयमा तालिम दिएका थिए । समापन कार्यक्रममा जिल्ला विकास समिति, झापाका कार्यक्रम अधिकृत हेमराज सेढाईंको प्रमुख आतिथ्य रहको थियो । कार्यक्रममा सहभागीहरुको तर्फबाट बोल्दै अर्जुन भुजेल, सञ्जय ल्वागुन, सूर्य तामाङ्ग, मुना विष्ट लगायतले आदिवासी…
भद्रपुर । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले नेपालबाट निरक्षरता उन्मुलन गर्न आफू लागिपरेको बताएका छन् । सोमबार भद्रपुरस्थित विरेन्द्र उच्च माविको प्रांगणमा आयोजित झापालाई साक्षर जिल्ला घोषणा गरिएको सभामा बोल्दै मन्त्री पोखरेलले निरक्षरता उन्मुलन नभएसम्म परिवर्तनको सार्थकता नहुने बताए । आफू मन्त्री हुनुको उद्धेश्यमध्ये एउटा नेपालबाट निरक्षरता उन्मुलन गर्नु भएको उनको भनाई थियो । उनले भने, ‘साक्षर घोषणा सभामा प्रायः गरेर म आफैं पुग्ने गरेको छु । तर सबै ठाउँमा पुग्न भ्याउँदिन ।’ झापा साक्षर हुन ढिलो भएको भन्दै मन्त्री पोखरेलले असन्तुष्टि समेत व्यक्त गरे । उनले भने राजनीतिक दलहरुको अजेन्डामा साक्षरता नपरेको बताए । उनले गणतन्त्र घोषणा भएपछिको पुष्पकमल दहालको…
१५ देखि ६० बर्ष उमेर समूहका ९५ प्रतिशत मानिस साक्षर भए साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान रहेको छ । अहिले जिशिकाको तथ्यांकमा ९८.३३ प्रतिशत उक्त उमेर समूहका मानिस साक्षर भएकाले झापालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय झापाले जानकारी दिएको छ ।
एजेन्सी, बैंगलोर । सनराइजर्स हैदारावादले नवौ संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) को उपाधि जितेको छ। आइतबार बैंगलोरको घरेलु मैदानमा भएको फाइनलमा रोयल च्यालेन्जर्स बैंलोरलाई ८ रनले हराउँदै पहिलो पल्ट सनराइजर्सले आइपिएलको उपाधि हात पारेको हो। कप्तान डेभिड वार्नरको ६९ रनको सहयोगले पहिले ब्याटिङ हैदारावादले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। २०९ रनको लक्ष्य पछ्याएको बैंगलोर पुरै २० ओभर खेलेर ७ विकेट गुमाएर २०० रनमा समेटियो। उसका लागि क्रिश गेलले ७६ रन बनाए। ३८ बल खेलेका गेलले यो आइपिएलमा सर्वाधिक रन बनाउने क्रममा ८ छक्का र ४ चौका प्रहार गरेपनि जितका लागि पर्याप्त भएन। यस्तै कप्तान…
एजेन्सी (बैंगलोर) । सनराइज हैदारावादले नवौ संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) को उपाधि जितेको छ। आइतबार बैंगलोरको घरेलु मैदानमा भएको फाइनलमा रोयल च्यालेन्जर्स बैंलोरलाई ८ रनले हराउँदै पहिलो पल्ट आइपिएलको उपाधि हात पारेको हो। कप्तान डेभिड वार्नरको ६९ रनको सहयोगले पहिले ब्याटिङ हैदारावादले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। २०९ रनको लक्ष्य पछ्याएको बैंलोर पुरै २० ओभर खेलेर ७ विकेट गुमाएर २०० रनमा समेटियो। उसका लागि क्रिश गेलले ७६ रन बनाए। ३८ बल खेलेका गेलले यो आइपिएलमा सर्वाधि रन बनाउने क्रममा ८ छक्का र ४ चौका प्रहार गरेपनि जितका लागि पर्याप्त भएन। यस्तै कप्तान विराट…
मेचीनगर । झापाको काँकरभिट्टामा आयोजित आठौँ पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा झापा जिल्ला प्रथम भएको छ । झापाको काँकरभिट्टाको विभिन्न स्थानमा शनिबार र आइतबार सम्पन्न खेलहरुबाट झापा जिल्लाले २२० अङ्क ल्याएर आठौँ पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम भएको हो । त्यस्तै, १९३ अङ्क ल्याएर मोरङ जिल्ला दोस्रो तथा ८८ अङ्क ल्याएर उदयपुर तेस्रो भएको छ । प्रथम हुने झापाले नगद २० हजार, दोस्रो हुने मोरङले नगद १५ हजार र तेस्रो हुने उदयपुरले नगद १० हजार पाए । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, उसु, तेक्वान्दो, कबड्डीका छात्रछात्राका खेल भएका थिए । यस प्रतियोगिताबाट १०२ जना खेलाडी राष्ट्रिय प्रतियोगिताका…
भद्रपुर । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले संस्थागत विद्यालय शूल्क निर्देशिका २०७२ लागु गर्नैपर्ने बताएका छन् । झापालाई साक्षर जिल्ला घोषणा गर्न आइतबार झापा आइपुगेका मन्त्री पोखरेलले भद्रपुर विमानस्थलमा खबरमञ्चसंग कुरा गर्दै शिक्षामा शूल्क बढनु बजार भाउ बढेजस्तो नभएको बताए । उनले अनुगमनको जिम्मा पाएका कतिपय जिल्ला शिक्षा कार्यालयहरुले सही अनुगमन नगरिदिएका कारण निजी विद्यालयहरुले निर्देशिकाको विरोध गरेको बताए । उनले अनुगमन नभएका जिल्लाका जिल्ला शिक्षा अधिकारीहरुलाई यस विषयमा सोध्ने समेत बताए । शिक्षामन्त्री पोखरेलले भूकम्पले भत्काएका विद्यालयका बारेमा सरकारले सोच्ने बताए । तर त्यही नारा दिएर निर्देशिकाकै विरोध गर्नु उचित नभएको उनको भनाई छ । मन्त्री पोखरेलले शूल्क निर्धारणमा शिक्षक,…