फिक्कल । यौन तथा प्रजनन् अधिकार बारे पैरवी तथा सञ्चार अभिवृद्धि सम्बन्धी तीन दिने तालिम सुरु भएको छ ।
युथ एक्सन नेपालले इलामसहित विभिन्न जिल्लामा युवा अभियान्ता, अधिकारकर्मी र रेडीयोमा आवद्धलाई उक्त तालिम दिइएको युथ एक्सन झापाका कार्यक्रम संयोजक दिपक दासले जनाए ।
युथ एक्सन नेपालका केन्द्रीय कार्यालयका पुण्य भण्डारी, अरुणा खड्का, नेपाल परिवार नियोजन संघ पाल्पाका सोभाकान्त न्यौपाने तथा फिलिपिन्सबाट प्रजनन् अधिकारका लागि विश्व व्यापी महिला संजाल (डब्लुजीएनएसआर)की मार्विक बिङ्ग पार्कलले अभियान्तालाई सशक्तिकरण र रणनीति निर्माण बारे सहजिकरण गरिरहेका छन् ।
आइतबारबाट इलामको फिक्कलमा सुरु भएको तालिम मंगलबार सम्पन्न हुने छ । २५ जना अभियान्ता सहभागि रहेका छन् ।
Facebook Comments Box