एजेन्सी, बैंगलोर । सनराइजर्स हैदारावादले नवौ संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) को उपाधि जितेको छ।
आइतबार बैंगलोरको घरेलु मैदानमा भएको फाइनलमा रोयल च्यालेन्जर्स बैंलोरलाई ८ रनले हराउँदै पहिलो पल्ट सनराइजर्सले आइपिएलको उपाधि हात पारेको हो।
कप्तान डेभिड वार्नरको ६९ रनको सहयोगले पहिले ब्याटिङ हैदारावादले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो।
२०९ रनको लक्ष्य पछ्याएको बैंगलोर पुरै २० ओभर खेलेर ७ विकेट गुमाएर २०० रनमा समेटियो।
उसका लागि क्रिश गेलले ७६ रन बनाए। ३८ बल खेलेका गेलले यो आइपिएलमा सर्वाधिक रन बनाउने क्रममा ८ छक्का र ४ चौका प्रहार गरेपनि जितका लागि पर्याप्त भएन।
यस्तै कप्तान विराट कोहली ३५ बल खेलेर ५४ रनमा आउट भए। तेस्रो नम्बरमा आएका एबिडि ब्लेयर्सले ५ रन बनाएर आउट भए।
यस्तै टिमका लागि के एल राहुल र शेन वाट्सनले समान ११-११ रन बनाए।
हैदारावादका लागि बेन कटिङले २ तथा विपुल शर्मा,रहमान र विरेन्द्र शरणले समान १-१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदारावादका लागि डेभिड वार्नरले सर्वाधिक ६९ रन बनाए। यस्तै बेन कटिङले बिस्फोटक ब्याटिङ गर्दै १५ बलमा ३८ रनको नटआउट पारी खेले। यस्तै युवराज सिंहले ३८ रन बनाए। शिखर धवन २८ रनमा आउट भए।
बैंगलोरका लागि क्रिश जोर्डनले सर्वाधिक ३ विकेट लिए। यस्तै अर्बिन्दले २ तथा चहलले १ विकेट लिए।