Author: admin

काठमाडौं । आफ्नो दलित थर लुकाउन एक व्यक्तिले अर्कै थरको नागरिकता बनाएका छन्। तुलसीपुर १० दमारगाउँका वीरलाल नेपालीले आफ्नै छिमेकी वीरवहादुर गुरुङको नामबाट नागरिकता बनाएपछि अहिले दुबैको नागरिकता विवादमा परेको छ। उनले आफूले मात्रै थर फेरेनन्, श्रीमती तथा छोराछोरीलाई पनि गुरुङ थर लेखाएका छन्। उनले गुरुङ थरबाट राहदानी पनि बनाइसकेका छन्। जब सोही नागरिकताधारी वीरबहादुर गुरुङले इलाका प्रशासन कार्यालय तुलसीपुरमा राहदानीका लागि २०७२ साल असोजमा आवेदन दिन गए अनि प्रशासनले पहिला नै राहदानी बनिसकेको हुनाले त्यो हस्तलिखित राहदानी र नागरिकता प्रशासनमा ल्याउन भन्यो। त्यसपछि वीरबहादुर गुरुङ छाँगाबाट खसेजस्तै भए। त्यसअघि उनले राहदानी बनाएकै थिएनन्। हाल तुलसीपुर १० डाँडागाउँ निवासी गुरुङले…

Read More

नवलपरासी । पैसा कमाउन विदेसिएको परिवारको एक्लो छोरो जिउँदो लास बनेर फर्किएपछि नवलपरासीको धौवादीमा उनको परिवार अहिले बिचल्लीमा परेको छ । नवलपरासीको धौवादी–२ जुकेपानी निवासी २७ वर्षका खेमबहादुर घर्ती विगत डेढ वर्षअघि मलेसियामा बाटोमा हिँड्दै गर्दा दुर्घटनामा परेपछि जिउँदो लाससरह भएर घर फर्किएका हुन् । अहिले उनी डेढ वर्षदेखि विस्तराका विस्तारामै छन् । उनलाई खान, उठ्न, बस्न, दिशापिसाब गर्न पनि अरूको सहारा लिनुपर्ने भएको छ । बुढेसकालमा बुवाआमाको सहारा र केटाकेटीको उज्ज्वल भविष्यको सपना बुनेर विदेसिएका उनी विदेसिएको दुई वर्ष पुग्दा नपग्दै सवारी दुर्घटनामा परेका हुन् । उनी हातखुट्टा केही चलाउन सक्दैनन् भने ठक्कर दिएको ठाउँमा लागेको घाउ अझ निको…

Read More

काठमाडौं ।  भूकम्पपछि अत्यावश्यक वस्तुको आपूर्तिमा भएको अवरोधले थलिएको नेपालको अर्थतन्त्रमा रेमिट्यान्समा आएको ह्रासले आर्थिक वृद्धिदरमा नकरात्मक असर गर्ने विश्व बैंकले जनाएको छ । विश्व बैंक समूहले सार्वजानिक गरेको ‘नेपालको विकास अद्यावधिक’ प्रतिवेदन अनुसार कुल ग्राहस्थ्य उत्पादनको झन्डै ३० प्रतिशत बराबर भित्रिने रेमिट्यान्स घट्दा अर्थतन्त्रमा प्रभाव पर्ने भएको हो । भूकम्प र नाकाबन्दीका कारण नेपालको अर्थतन्त्र मात्रै होइन विदेशिने कामदारको सङ्ख्यामा पनि क्रमशः ह्रास हुँदै गएको छ । बैंकका देशीय प्रबन्धक ताकुया कामाताले विभिन्न कारण विदेशिने कामदारको सङ्ख्यामा २५ प्रतिशतले कमी आएको भन्दै नेपालको रेमिट्यान्स जोखिममा रहेको बताउनुभयो । रेमिट्यान्सको जोखिम उपयुक्त मौद्रिक एवम् वित्तीय नीतिमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिँदै…

Read More

युरो कप २०१६ मा समूह बी अन्तरगत बुधबार भएको खेलमा स्लोभाकियाले रसियालाई २–१ गोल अन्तरले पराजित गरेको छ । स्लोभाकियाका लागि खेलको ३२ औँ मिनेटमा भ्ल्यालिमिर विसले गोल गर्दै अग्रता दिलाए । यस्तै खेलको ४५ औँ मिनेटमा ह्यामसिकले गोल गर्दै अग्रता दोब्बर पारे । रसियाका लागि ग्लुसाकोभले ८० औँ मिनेटमा गोल गर्दै केही आशा जगाएका थिए । खेलको अन्तिम समयतिर रसियाले स्लोभाकियालाई केही दवावमा राखेपनि थप गोल गर्न सकेन । खेल सुरु हुनुअघि रसियाका कोच लियोनल्ड लुतस्कीले इंग्ल्याण्डसँग जस्तै खेल प्रदर्शन गरे स्लोभाकियालाई हराउन सकिने बताएका थिए । स्लोभाकियाका कोच जान कोज्याकले आफूहरुले वेल्ससँगको खेलमा पाएका अवसरहरु सदुपयोग गर्न नसक्दा…

Read More

यातायात व्यवस्था कार्यालय मेचीमा मोटरसाइकलको लाइसेन्सका लागि आवेदन दिँदा डा. एसके झाले एकै दिन हजारौंको निरोगिता प्रमाणपत्र वितरण गरेको समाचार बाहिर अाएपछि नेपाल मेडिकल काउन्सीलले चिकित्सकहरु सम्मिलित एउटा टोली छानविनका लागि झापा पठाउने भएको छ ।

Read More

एजेन्सी ।  युरोकप फुटबलमा आजबाट दोस्रो चरणका खेलहरु हुने भएका छन् । आज हुने पहिलो खेलमा समुह बी को रुसले स्लोभाकियासँग प्रतिस्पर्धा गर्ने छ । खेल साँझ पौने ७ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा रुसले इङग्ल्याण्डसँग एक एक गोलको बराबरी खेलेको थियो भने स्लोभाकिया वेल्ससँग पराजित भएको थियो । अघिल्लो चरण प्रवेशका लागि दुवै टिम जितको खोजिमा हुने छन् । आजै हुने अर्को खेलमा समुह ए को रोमानियाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । स्विजरल्याण्डले पहिलो खेलमा जित निकालेको थियो भने रोमानियाले आयोजक फ्रान्ससँग हार व्यहोरेको थियो । प्रतियोगिता अन्तर्गत आजै हुने अन्तीम खेलमा आयोजक फ्रान्सले अल्बानियासँग खेल्ने छ ।…

Read More

एजेन्सी ।  जापानको राजधानी टोकियोका गभर्नर योची मासुजोइले व्यक्तिगत प्रयोजनका लागि सार्वजनिक कोष चलाएको घटना सार्वजनिक भएपछि राजिनामा दिने भएका छन् । गभर्नर योचीले आफ्नो विदा मनाउंदाको खर्च, चित्र किन्न र छोराछोरीलाई कपि किताव किन्दिनको लागि सार्वजनिक कोषको दुरुपयोग गरेको खबर सार्वजनिक भएसंगै बढ्दो विरोधपछि राजिनामा दिन लागेका हुन् । उनले बुधवार जापानी राजधानीको वैठकमा अविश्वासको प्रस्ताव पछि हार्ने अनुमान जापानी मिडियाले गरेका छन् । गत अप्रिलमा गभर्नर मासुजोइले विदा मनाउन जाने क्रममा सरकारी गाडी प्रयोग गरेको खुलासा भएको थियो । उक्त घटना पछि उनले सरकारी भ्रमणमा पनि सीमा भन्दा बढी खर्च गरेको खुलासा भएको थियो । यता गभर्नरले भने…

Read More

इलाम ।  राहदानी वितरणबाट जिल्ला प्रशासन कार्यालय इलामले तीन करोड ७१ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा सात हजार एक सय ४६ जनालाई राहदानी वितरण गरिएको कार्यालयका नासु प्रकाश न्यौपानेले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म एक हजार आठ सय ३० जनाले काठमाडौंबाट राहदानी बनाउने गरी सिफारिस लगेका छन् । आव २०७१÷७२ मा आठ हजार १८ जनाले राहदानी बनाएका थिए भने चार हजार नौ जनाले काठमाडौंबाट राहदानी बनाउन सिफारिस लगेका थिए । गत आवमा छ हजार ५ सय जनाले राहदानी लिएका थिए । यस वर्ष कोरियन भाषा परीक्षा दिनेको संख्या बढेका कारण…

Read More

ओखलढुंगा ।  जिल्ला अदालत ओखलढुंगाले अपांगता भएकी १३ वर्षीय बालिका बलात्कार गर्नेलाई १२ वर्षको कैद सजया सुनाएको छ । जिल्ला न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलाशले आरोपित हर्कजीत राईविरुद्ध १२ वर्ष कैद र एक लाख क्षतिपूर्ति तिर्नु पर्ने फैसला गरेको हो । सिद्धिचरण नगरपालिका–२ चुप्लुका ५६ वर्षका राईले गएको फागुन २६ गते बालिका बलात्कार गरेको आरोपमा पीडितका आफन्तले फागुन २७ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दर्ता गरेका थिए ।

Read More

झापा ।  बुधबार ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको दिवस मनाईँदै छ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्षको जुन १५ तारिखमा विश्वभर दिवस मनाउन लागिएको हो । ज्येष्ठ नागरिकलाई बोलेर या नबोलेर गाली, घृणा,  वेवास्ता र उपेक्षा गर्नेजस्ता कार्य अपराध भएको भन्दै उनीहरुलाई माया र ममता दिनुपर्नेमा जोड दिइएको छ । तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको ०५१ सालमा गठित एमालेको नौ महिने सरकारले ज्येष्ठ नागरिकको सम्मानमा मासिक वृद्ध भत्ता दिने व्यवस्था गरेको थियो । वर्तमान सरकारले अहिले भत्ता बढाएर २ हजार रुपैयाँ पुर्याएको छ । दिवसको अवसरमा बुधबार विभिन्न ठाउँमा ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम पनि छ ।…

Read More