झापा । बुधबार ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको दिवस मनाईँदै छ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्षको जुन १५ तारिखमा विश्वभर दिवस मनाउन लागिएको हो ।
ज्येष्ठ नागरिकलाई बोलेर या नबोलेर गाली, घृणा, वेवास्ता र उपेक्षा गर्नेजस्ता कार्य अपराध भएको भन्दै उनीहरुलाई माया र ममता दिनुपर्नेमा जोड दिइएको छ । तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको ०५१ सालमा गठित एमालेको नौ महिने सरकारले ज्येष्ठ नागरिकको सम्मानमा मासिक वृद्ध भत्ता दिने व्यवस्था गरेको थियो ।
वर्तमान सरकारले अहिले भत्ता बढाएर २ हजार रुपैयाँ पुर्याएको छ । दिवसको अवसरमा बुधबार विभिन्न ठाउँमा ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम पनि छ ।
फाेटो : एजेन्सी
Facebook Comments Box