इलाम । राहदानी वितरणबाट जिल्ला प्रशासन कार्यालय इलामले तीन करोड ७१ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षमा सात हजार एक सय ४६ जनालाई राहदानी वितरण गरिएको कार्यालयका नासु प्रकाश न्यौपानेले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म एक हजार आठ सय ३० जनाले काठमाडौंबाट राहदानी बनाउने गरी सिफारिस लगेका छन् ।
आव २०७१÷७२ मा आठ हजार १८ जनाले राहदानी बनाएका थिए भने चार हजार नौ जनाले काठमाडौंबाट राहदानी बनाउन सिफारिस लगेका थिए । गत आवमा छ हजार ५ सय जनाले राहदानी लिएका थिए । यस वर्ष कोरियन भाषा परीक्षा दिनेको संख्या बढेका कारण राहदानी बनाउनेको संख्या बढेको बताइएको छ ।
Facebook Comments Box