एजेन्सी । युरोकप फुटबलमा आजबाट दोस्रो चरणका खेलहरु हुने भएका छन् । आज हुने पहिलो खेलमा समुह बी को रुसले स्लोभाकियासँग प्रतिस्पर्धा गर्ने छ । खेल साँझ पौने ७ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा रुसले इङग्ल्याण्डसँग एक एक गोलको बराबरी खेलेको थियो भने स्लोभाकिया वेल्ससँग पराजित भएको थियो । अघिल्लो चरण प्रवेशका लागि दुवै टिम जितको खोजिमा हुने छन् ।
आजै हुने अर्को खेलमा समुह ए को रोमानियाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । स्विजरल्याण्डले पहिलो खेलमा जित निकालेको थियो भने रोमानियाले आयोजक फ्रान्ससँग हार व्यहोरेको थियो ।
प्रतियोगिता अन्तर्गत आजै हुने अन्तीम खेलमा आयोजक फ्रान्सले अल्बानियासँग खेल्ने छ । खेल राती पौने १ बजे सुरु हुने छ ।
फ्रान्सले पहिलो खेलमा जित निकाल्दै स्पष्ट तीन अंक जोडेको छ भने अल्बानिया पहिलो खेलमा स्विजरल्याण्डसँग पराजित भएको थियो ।