नवलपरासी । पैसा कमाउन विदेसिएको परिवारको एक्लो छोरो जिउँदो लास बनेर फर्किएपछि नवलपरासीको धौवादीमा उनको परिवार अहिले बिचल्लीमा परेको छ ।
नवलपरासीको धौवादी–२ जुकेपानी निवासी २७ वर्षका खेमबहादुर घर्ती विगत डेढ वर्षअघि मलेसियामा बाटोमा हिँड्दै गर्दा दुर्घटनामा परेपछि जिउँदो लाससरह भएर घर फर्किएका हुन् ।
अहिले उनी डेढ वर्षदेखि विस्तराका विस्तारामै छन् । उनलाई खान, उठ्न, बस्न, दिशापिसाब गर्न पनि अरूको सहारा लिनुपर्ने भएको छ ।
बुढेसकालमा बुवाआमाको सहारा र केटाकेटीको उज्ज्वल भविष्यको सपना बुनेर विदेसिएका उनी विदेसिएको दुई वर्ष पुग्दा नपग्दै सवारी दुर्घटनामा परेका हुन् ।
उनी हातखुट्टा केही चलाउन सक्दैनन् भने ठक्कर दिएको ठाउँमा लागेको घाउ अझ निको हुन सकेको छैन । बोल्न मात्र सक्ने उनी दिनभर ओछ्यानमा बस्ने र विगतका दिन सम्झँदै दिन काट्ने गर्छन् ।राजधानी दैनिकमा खबर छापिएको छ ।