एजेन्सी । जापानको राजधानी टोकियोका गभर्नर योची मासुजोइले व्यक्तिगत प्रयोजनका लागि सार्वजनिक कोष चलाएको घटना सार्वजनिक भएपछि राजिनामा दिने भएका छन् ।
गभर्नर योचीले आफ्नो विदा मनाउंदाको खर्च, चित्र किन्न र छोराछोरीलाई कपि किताव किन्दिनको लागि सार्वजनिक कोषको दुरुपयोग गरेको खबर सार्वजनिक भएसंगै बढ्दो विरोधपछि राजिनामा दिन लागेका हुन् । उनले बुधवार जापानी राजधानीको वैठकमा अविश्वासको प्रस्ताव पछि हार्ने अनुमान जापानी मिडियाले गरेका छन् ।
गत अप्रिलमा गभर्नर मासुजोइले विदा मनाउन जाने क्रममा सरकारी गाडी प्रयोग गरेको खुलासा भएको थियो । उक्त घटना पछि उनले सरकारी भ्रमणमा पनि सीमा भन्दा बढी खर्च गरेको खुलासा भएको थियो ।
यता गभर्नरले भने आफ्नो अकाउन्टेन्टले केही निजी खर्चलाई पनि सरकारी बिलमा उल्लेख गरेको स्पष्ट पारेका छन् । माथिल्लो सदनको चुनाव हुनु अघि सार्वजनिक भएको यस घटनाले प्रधानमन्त्री सिन्जो आवेको लिबरल डेमेक्रेटिक पार्टीलाई असर पार्ने अनुमान गरिएको छ ।