ओखलढुंगा । जिल्ला अदालत ओखलढुंगाले अपांगता भएकी १३ वर्षीय बालिका बलात्कार गर्नेलाई १२ वर्षको कैद सजया सुनाएको छ ।
जिल्ला न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलाशले आरोपित हर्कजीत राईविरुद्ध १२ वर्ष कैद र एक लाख क्षतिपूर्ति तिर्नु पर्ने फैसला गरेको हो ।
सिद्धिचरण नगरपालिका–२ चुप्लुका ५६ वर्षका राईले गएको फागुन २६ गते बालिका बलात्कार गरेको आरोपमा पीडितका आफन्तले फागुन २७ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दर्ता गरेका थिए ।
Facebook Comments Box