Author: admin
काठमाण्डौँ । भौगोलिक विकटता र दैनिक कार्यव्यस्तताले कसैले पनि विश्वविद्यालयको डिग्री हासिल गर्न अब बञ्चित हुन नपर्ने भएको छ । नेपाल खुला विश्वविद्यालय विधेयक व्यवस्थापिका संसदबाट बिहीबार बहुमतबाट पारित भएपछि आफू बसेको ठाउँबाटै विश्वविद्यालयको डिग्री हासिल गर्न सकिने ढोका खुलेको हो । एक दशकदेखि नेपालमा छलफल हुँदै आएको खुला विश्वविद्यालय विधेयक संसदबाट पारित भएपछि नेपालमा विश्वविद्यालयको संख्या पनि १० पुगेको छ । खुला विश्वविद्यालयको अवधारणा लागू हुँदा विदेशमा रहेका लाखौ श्रमिकले त्यहि बसेर नेपाली पाठयक्रममा डिग्री हासिल गर्न पाउनेछन् । ‘केही दशकभित्र हामी नयाँ ठाउँमा पुग्नेछौ । प्रविधि माथिको विस्तार र पहुँचलाई अगाडि बढाउँछौ । खुला विश्वविद्यालयलाई गुणात्मक ढंगले व्यवस्थित गर्नु…
काठमाण्डौं । सरकारले यही असारभित्र अर्थात् अबको १५ दिनमा एक खर्ब रुपैयाँ विकास खर्च गर्दैछ। महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिलेसम्म विकास खर्चका लागि ६७ अर्ब रुपैयाँमात्र खर्च भएको छ आजको अन्नपूर्ण पोष्टमा खबर छ । आर्थिक वर्ष सकिन १५ दिन बाँकी रहेका बेला सरकारले विकास खर्चको संशोधित लक्ष्य पूरा गर्न ९२ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ। चालू आर्थिक वर्षको बजेटमा विकास खर्चका लागि दुई खर्ब विनियोजन भए पनि अर्थ मन्त्रालयले संशोधित अनुमानमार्फत एक खर्ब ५९ अर्ब खर्च हुने अनुमान गरेको छ। झरी सुरु भएसँगै देशभर अहिले सडक पिच र ढल मर्मतका काम भइरहेका छन्। गुणस्तरको हिसाबले यसरी पिच गरिने सडकको आयु छोटो…
काठमाण्डाैं । प्रहरीले ‘गुन्डानाइके’ दीपक मनाङ्गेलाई पक्राउ गरेको छ। संगठित गुन्डागर्दीको आरोपमा उनलाई बिहीबार राति ठमेलको एक रेष्टुराँबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी विक्रम सिंह थापाले जानकारी दिए। उनीसँगै उनका केही सहयोगीलाई पनि पक्राउ गरिएको थापाले बताए। ‘उनीमाथि धेरै उजुरी परेका छन्’ एसएसपी थापाले भने ‘पछिल्लाे समय मानिसहरु धम्क्याएर रकम असुल्ने कार्यमा उनी सम्लग्न रहेकाे भेटियो। ‘भूमिगत रुपमा बसेर युवा परिचालन गरी उनले संगठित अपराध गरेको प्रहरीले बतायो । उनीमाथि संगठित अपराधको मुद्दा लगाउने प्रहरीको तयारी छ।
नुवाकोट । निर्माणाधिन ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि ए जलविद्युत् आयोजना पहिरोका कारण सञ्चालनमा अझै आउन सकेको छैन । भुकम्पपछि आयोजना बन्द भएपछि चिनियाँ ठेकेदारले हेर्डवक्समा गएको पहिरो, बाटो स्तरोन्नती, लगायतको काम आफुले गर्ने नसक्ने जनाएपछि काम सञ्चालन हुन नसकेको आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताए । ईन्जिनियरिङ प्रोकुरमेन्ट कन्ट्रयाक्ट (ईपिसि) मोडेलमा काम गर्दा आयोजनाको हेर्डवक्समा गएका पहिरोको विषयमा चिनियाँ ठेकेदारले उक्त काम आफ्नो क्षेत्राधिकार भन्दा बाहिर रहेकाले त्यसको व्यवस्थापन नेपाल सरकारले गर्नुपर्ने जनाएको छ । ईपिसि मोडेलमा काम गर्दा आयोजनाको काम मात्रै काम गर्ने चिनियाँ पक्षले दावी गर्दै आएको छ । सहज वातावरण नभए सम्म आयोजनाको काम अगाडी बढ्न…
झापा । झापा जिल्ला ट्राभल एजेण्ड संघ (जाटा)द्वारा स्थापित ‘उत्कृष्ट पर्यटन पत्रकारिता सम्मान’ यसपटक पत्रकार रमेश समदर्शी राईलाई प्रदान गरिने भएको छ । राई विगत दुई दशकभन्दा बढी समयदेखि झापामा पत्रकारितामा सक्रिय छन् । हाल उनी प्रतिदिन दैनिकका कार्यकारी सम्पादक र नेपाल समाचारपत्र दैनिक लगायतका सञ्चारमाध्यममा आवद्ध छन् । संघको चौँथो वार्षिक साधारणसभाको अवसरमा पत्रकार समदर्शीलाई पाँच हजार नगद राशिको पुरस्कार प्रदान गर्न लागिएको हो । शनिबार बिर्तामोडमा आयोजना हुने एक समारोहका बीच पुरस्कार प्रदान गरिने झापा जिल्ला ट्राभल एजेन्ट संघका अध्यक्ष निरबहादुर कार्की (नेत्र) ले जानकारी दिए । यसअघि यो पुरस्कारवाट कान्तिपुर दैनिकका पत्रकार पर्वत पोर्तेल र यादव पौडेल…
नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठानले बिभिन्न बिधामा नेपाली साहित्यमा योगदान पुर्याउने साहित्य सज्रकहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले महामण्डल साहित्य सम्मानबाट साहित्यकारहरु शिला पन्त,बिकु लामा र छविराम सिलवाल, महामण्डल युवा साहित्य सम्मानबाट विर्खे अन्जान, नुवाकोट साहित्य सम्मानबाट शिव प्रसाद पुडासैनी, बेरागि जेठा शिक्षा सम्मानबाट शम्भु प्रसाद शर्मा सम्मानित भएका छन् । त्यस्तै नगद २५ हजार राशिको महाकवि नरेन्द्रनाथ प्रतिभा पुरष्कारबाट राजिन पनेरुलाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष श्रीराम श्रेष्ठले बताए । यस्तै हरेक वर्ष प्रतिष्ठानले प्रदान गर्दै अाएको प्रवेशिका परिक्षाको सर्वोत्कृष्ठ पुरष्कार सुभेनियर बोर्डिङ स्कुलका छात्रा सिमर्न श्रेष्ठ र छात्र शुसिल लामिछाने सहित सबैलाई वरिष्ठ पत्रकार तथा प्राध्यापक पुरुषोतम दाहालले सम्मान…
काठमाण्डौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई तह लगाउने भन्दै पार्टीबाट विद्रोह गरेर बनेको राप्रपा नेपाल समानान्तर विभाजित भएको छ । बिहीवार बसेको समानान्तरको केन्द्रीय कार्यसमितिको बहुमतले कार्यवाहक अध्यक्ष गणेश शेरचनलाई हटाएसँगै पार्टी फुटेको हो । पार्टीलाई सही नेतृत्व दिन नसकेको र समान विचारधारा भएका राजनीतिक दल एवं शक्तिसँग एकता गर्ने पार्टी स्थापनाकालदेखिको नीति विपरीत एकीकरण प्रयासमा बाधा गरेका कारण शेरचनलाई पदमुक्त गरिएको राप्रपा नेपाल समानान्तरका नेता सगुन लावतीले बताए । उपाध्यक्ष सत्यमान लामाको अध्यक्षतामा सम्पन्न बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकता वार्तालाई सकारात्मक निष्कर्षमा पु-याउने प्रतिबद्धता गरेको उनले बताए । उक्त निर्णयमा केन्द्रीय कार्य समितिको नब्बे प्रतिशत सदस्यहरूको समर्थन रहेको…
काठमाण्डौं । फोटो पत्रकार क्लबले यस बर्षको ‘आइएमई ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता’को बिहीबारदेखि दर्ता प्रक्रिया सुरु भएको छ । क्लबले यस बर्षको प्रतियोगिताको लागि कूल पाँच लाख बीस हजार रुपैयाँको पुरस्कार राशी घोषणा गरेको छ । प्रतियोगितामा घुमफिर कल्चर एण्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एण्ड नेचर, आइएमइ डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्यूज फोटो ,शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडेल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछन् । अर्घाखाँची सिमेन्ट न्युज फोटो विधामा २०७१ सालदेखि २०७२ चैत्र मसान्तसम्म खिचिएका तस्वीरले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् । अन्य विधामा जहिलेसुकै खिचिएका तस्वीरहरु पठाउन सकिने आयोजकले बताए…
काठमाण्डाैं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भ्रष्ट्राचार र कालोबजारी नियन्त्रणको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ। नेकपा माओवादीले विहिवार काठमाडौमा जुलुस निकालेर भ्रष्ट्राचार र कालोबजारी नियन्त्रणको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको हो । माओवादीका उपत्यका विशेष ब्युरो इन्चार्ज सन्तोष बुढामगर लगायतका नेताले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका थिए। नेकपा माओवादीले ज्ञापनपत्रमार्फत भ्रष्ट्राचार, महङ्गी र कालोबजारीको विरोध गर्ने क्रममा देशका विभिन्न स्थानबाट पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई स सम्मान रिहा गर्न पनि सरकारसँग माग गरेको छ ।
काठमाण्डाैं । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि दलहरुबीच एकताको खाँचो रहेको भन्दै स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन नभएसम्म एक ठाउँमा उभिन दलहरुसँग अपिल गरेकी छन्। पूर्व सांसद् मञ्चले ५८ औं संसद् दिवसका अवसरमा विहिवार काठमाडौमा गरेको कार्यक्रममा सभामुख घर्तीले संविधानको कार्यान्वयनका लागि दलहरुले संविधान जारी गर्दाताका जस्तै एकता प्रदर्शन गर्नुपर्ने बताइन्। उनले दलहरुको एकताविना संविधान कार्यान्वयन हुन नसक्ने बताइन्। सभामुख घर्तीले संविधानको कार्यान्वयन दलहरुको साझा विषय भएकाले साझा विषयमा एकता र सहमति अनिवार्य हुने उल्लेख गरिन्। कार्यक्रममा पूर्व सांसद् मञ्चका निवर्तमान अध्यक्ष एवं पूर्वसभामुख तारानाथ रानाभाटले प्रतिनिधि सभामा समानुपातिक प्रणालीबाट प्रतिनिधित्वको व्यवस्था मुलुकका लागि निकै घातक भएको बताए।…