काठमाण्डाैं । प्रहरीले ‘गुन्डानाइके’ दीपक मनाङ्गेलाई पक्राउ गरेको छ।
संगठित गुन्डागर्दीको आरोपमा उनलाई बिहीबार राति ठमेलको एक रेष्टुराँबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी विक्रम सिंह थापाले जानकारी दिए।
उनीसँगै उनका केही सहयोगीलाई पनि पक्राउ गरिएको थापाले बताए।
‘उनीमाथि धेरै उजुरी परेका छन्’ एसएसपी थापाले भने ‘पछिल्लाे समय मानिसहरु धम्क्याएर रकम असुल्ने कार्यमा उनी सम्लग्न रहेकाे भेटियो। ‘भूमिगत रुपमा बसेर युवा परिचालन गरी उनले संगठित अपराध गरेको प्रहरीले बतायो ।
उनीमाथि संगठित अपराधको मुद्दा लगाउने प्रहरीको तयारी छ।
Facebook Comments Box
