
प्रतियोगितामा घुमफिर कल्चर एण्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एण्ड नेचर, आइएमइ डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्यूज फोटो ,शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडेल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछन् ।
अर्घाखाँची सिमेन्ट न्युज फोटो विधामा २०७१ सालदेखि २०७२ चैत्र मसान्तसम्म खिचिएका तस्वीरले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् । अन्य विधामा जहिलेसुकै खिचिएका तस्वीरहरु पठाउन सकिने आयोजकले बताए ।
प्रत्येक विधामा प्रतियोगीले बढीमा ३ वटा फोटो,फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा ४ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन् । प्रतियोगि फोटोबीचको प्रतिस्पर्धाबाट एउटालाई उत्कृष्ट छनोट गरी ‘आइएमइ ग्लोबल आइएमइ बैंक’ ‘फोटो अफ द इयर’ घोषणा गरिनेछ ।
प्रतियोगिता एवं प्रदर्शनीमा सहभागी हुन चाहनेले क्लबको वेभसाइट http://www.pjclub.com.np मा गएर फोटो अपलोड गर्न सकिनेछ । फोटो यही असार ३१ गतेसम्म पठाइसक्नुपर्नेछ ।
प्रतियोगिताबाट उत्कृष्ट छानिएका १ सय ५० फोटोलाई काठमाडौंमा सात दिन र नेपालका प्रमुख पाँच शहर विराटनगर,पोखरा,नेपालगञ्ज,धनगढी ,भैरहवा र चितवनको सौराहामा प्रदर्शन गरिनेछ ।