नुवाकोट ।
नुवाकोट साहित्य प्रतिष्ठानले बिभिन्न बिधामा नेपाली साहित्यमा योगदान पुर्याउने साहित्य सज्रकहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले महामण्डल साहित्य सम्मानबाट साहित्यकारहरु शिला पन्त,बिकु लामा र छविराम सिलवाल, महामण्डल युवा साहित्य सम्मानबाट विर्खे अन्जान, नुवाकोट साहित्य सम्मानबाट शिव प्रसाद पुडासैनी, बेरागि जेठा शिक्षा सम्मानबाट शम्भु प्रसाद शर्मा सम्मानित भएका छन् ।
त्यस्तै नगद २५ हजार राशिको महाकवि नरेन्द्रनाथ प्रतिभा पुरष्कारबाट राजिन पनेरुलाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष श्रीराम श्रेष्ठले बताए । यस्तै हरेक वर्ष प्रतिष्ठानले प्रदान गर्दै अाएको प्रवेशिका परिक्षाको सर्वोत्कृष्ठ पुरष्कार सुभेनियर बोर्डिङ स्कुलका छात्रा सिमर्न श्रेष्ठ र छात्र शुसिल लामिछाने सहित सबैलाई वरिष्ठ पत्रकार तथा प्राध्यापक पुरुषोतम दाहालले सम्मान गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार पुष्कर लोहनी, डा भुपरी ढकाल, नगेन्द्रराज शर्मा लगायतले नेपाली साहित्यमा विषयमा चर्चा गरेका थिए । साहित्य प्रतिष्ठानले यस्तै कार्यक्रम अागामी दिनमा पनि निरन्तरता दिने प्रतिष्ठानकाअध्यक्ष श्रीराम श्रेष्ठले बताए ।