झापा- भारतीय अभिनेता असरानीको ८४ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ ।
असरानीका निजी सचिव बाबूभाईले निधन भएको पुष्टि गरेका छन् । उनका अनुसार असरानी पछिल्लो चार दिनदेखि स्वास्थ्य सम्बन्धी समस्याका कारण मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा उपचाररत थिए । सोमबार दिउँसो ३.१५ देखि ३.४५ बजेको बीचमा उनको निधन भएको हो ।
मुम्बईको सान्ताक्रूज़ इलाकाको शास्त्री नगरस्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको छ । उनको पूरा नाम गोवर्धन असरानी थियो । उनको जन्म १९४१ मा जयपुरमा भएको थियो ।
Facebook Comments Box
