Author: admin
बझाङ । पहिरोका कारण अबरुद्ध भएको बझाङको जयपृथ्वी राजमार्ग १२ घण्टापछि खुलाइएको छ । बुधबार राति परेको पानीसँगै मटेला नजिकै पर्ने जाल्याबगरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । तीन चार ठाँउमा पहिरो गएका कारणले सडक खुलाउन समय लागेको प्रहरीले जनाएको छ । अबरुद्ध सडक खुलेसँगै लामो तथा छोटो दुरीका गाडी सञ्चालनमा आएका छन् । सडक अबरुद्ध हुँदा बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डोटी, अछाम, डडेल्धुरा चल्ने गाडी बन्द भएका थिए । तर शाखा सडकहरु भने अबरुद्ध नै छन् । रुपातोला शाखा सडक, बागथला विजगडा शाखा सडक लगायत जिल्लाका अधिकांश शाखा सडकमा पहिरो जाँदा सडक अबरुद्ध भएका हुन् । सरोकारवालाले शाखा सडक…
बिर्तामोड । पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला काठमाडौंमा पुरस्कृत एवम् सम्मानित भएका छन् । साहित्य विज्ञान प्रतिष्ठान नेपालले दोस्रो वार्षिकोत्सबको अवसरमा निरौलालाई झापाली काव्यतारा पुरस्कार तथा नेपालीपन सम्मान प्रदान गरेको हो । निरौलालाई कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले नगद दशहजार र सम्मान पत्र प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष सगोत्री आर्चायले बताए । सोही कार्यक्रमा निरौला सहित पाँच जनालाई झापाली काव्यतारा र धनकुटेली पाँच जनालाई धनकुटेली काव्यतारा पुरस्कार तथा नेपालीपन सम्मान प्रदान गरिएको थियो । पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको छ । कार्यक्रममा विभिन्न विद्यालयमा अध्यनरत् २५ जना बालबालिकालाई राष्ट्रिय बालतारा पुरस्कार तथा नेपालीपन सम्मान प्रदान गरिएको थियो ।पुरस्कारको…
रसुवा । उत्तरी छिमेकी चीनसँग जोड्ने रसुवागढी नाकामा बिहिबार दिउँसो फेरि पहिरो आएपछि आवतजावात अवरुद्ध भएको छ। साथै यसअघि गएको पहिरो पन्छाउन गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि चिनियाँमा भूभागमा फसेको छ। पहिरोमा परी एक जना चिनियाँ नागरिक घाइते भएका छन्। रसुवागढी भन्सारका प्रमुख केदार पनेरुले दिएको जानकारी अनुसार हिजो गएको पहिरो बिहान ११ बजेसम्म हटाएर यातायात सुचारु गरेपनि फेरि दिउँसो एक बजे ठूलो पहिरो गएको हो। पहिरो खस्ने क्रम जारी भएकाले हटाउन नसकिएको पनेरुले बताए। पहिरो खसेपछि केरुङबाट सामान ल्याएर आएका करिब सय वटा मालबाहक गाडी पनि चिनियाँ भूभागमा अड्किएको पनेरुले बताए। सुख्खा पहिरो खसेका कारण…
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा फेरि अर्को आतंकवादी हमला भएको छ । हमलामा ४० जना मारिएका छन् । मर्नेमा अधिकांश सुरक्षा अधिकारी छन् । सुरक्षाकर्मी सवार गाडीमा आत्मघाती हमला भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन्। हमलाको तालिवानले जिम्मा लिएको छ।
काठमाडौं । सरकारले भूकम्पपीडितले बनाउनु पर्ने घरको नमुना परिवर्तन गर्ने भएको छ । यसअघि ल्याएको १७ वटा घरको नमूना परिवर्तन गरी सरकारले जातजाति, धर्म संस्कृति र भौगोलिक अवस्था सुहाउँदो घरको नमुना ल्याउने लागेको हो । यस अघिका १७ वटा घरको नमुना त्यत्ति उपयोगी नभएको र पीडितले बनाउन नसक्ने गुनासा धेरै आएपछि नमुना परिवर्तन गर्न लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता राम प्रसाद थपलियाले बताए । ‘भूकम्पपीडितको धर्म, संस्कृति, भूगोल हावापानी सुहाउँदो नभएको र बढी लगानी लाग्ने भएकाले बनाउन सक्दैनौँ भन्ने धेरै गुनासा आए, हुन त हामीले पहिल्यै पनि जस्तो सुकै डिजाइनको बनाउन सकिने, तर भूकम्प प्रतिरोधी बनाउनु पर्ने भनेका थियौं, प्राधिकरणमा…
नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई फेरि प्रधानमन्त्री बन्ने रहर नभएको बताउनुभएको छ । उहाँले राष्ट्रिय सहमतिको सरकारको कसले गर्ने भन्नु कुरा सहमतिमै तय हुने बताउनुभयो । बिहीबार नेपालगञ्जमा गएको वर्षको भूकम्पमा परी निधन भएका संविधानसभाका पूर्व उपाध्यक्ष पुर्णाकुमारी सुवेदीका छोरा अच्युत सुवेदीको प्रथम वार्षिकी तथा पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्री बन्नका लागि राष्ट्रिय सहमतिको सरकारको कुरा नगरेको दाबी गर्नुभयो । उहाँले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा सहमति भएपनि आफ्नो पार्टीलाई मान्य हुने बताउनुभयो । प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वमा आफ्नो…
ट्विटरले फोटोका लागि नयाँ फिचर ल्याउने भएको छ। यस फिचरमा प्रयोगकर्ता फोटो स्टीकरको प्रयोग गर्न सक्नेछन्। एउटै फोटोमा एकभन्दा बढी स्टीकरको प्रयोग सकिने कम्पनीले जनाएको छ। हरेक स्टीकरको एक फङ्सन रहेको छ। कुनै पनि स्टीकरको प्रयोग गरेर ट्विट गरेर अन्य प्रयोगकर्ता उक्त स्टीकरमा क्लिक गरेर आफ्नो फोटोमा सुहाउँछ वा सुहाउँदैन भनेर जानकारी पाउन सक्नेछन्।
काठमाण्डौँ । राष्ट्रगानका रचयिता ब्याकुल माइलाको शब्द सङ्कलनमा ‘आफ्नै भाव आफ्नै परिवेश’ नामक गीति क्यासेट बजारमा आएको छ । शिलाबहादुर मोक्तान, शान्तिराम राई लगायतले सङ्गीत दिएको उक्त क्यासेटमा जल जमिन, विपत् बेहोसी होइन, वरभञ्ज्याङ चौतारी, जिन्दगीको पाठशाला, तिमी रुँदा उदास लाग्छ, हाँसीहाँसी बोलुँभन्दा, हिलेपानी पाउँ नि है बोलका गीत सङ्कलन गरिएको छ । उक्त क्यासेटमा कुन्ति मोक्तान, पार्वती राई, सत्यकला राई, कला राई, अरविन्द मालाकार, बुद्ध राईलगायत कलाकारले स्वर सजाएका छन् । त्यसैगरी, क्यासेटमा जल जमिन, बरभञ्ज्याङ चौतारी, हाँसीहाँसी बोलुँभन्दा र जिन्दगीको पाठशाला बोलका गीतमा ट्र्याकसमेत सङ्ग्रह गरिएको छ ।
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिक्षा ऐन (आठौँ संशोधन), २०७३ बुधबार प्रमाणीकरण भएको छ । शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७२ (आठौँ संशोधन २०७३) लाई राष्ट्रपति भवन शीतलनिवासमा प्रमाणीकरण भएको हो । गत जेठ २२ मा व्यवस्थापिका–संसद्बाट पारित सो विधेयक प्रमाणीकरणपछि विद्यालय क्षेत्रमा संरचनात्मक परिवर्तनका साथै अस्थायी शिक्षकका समस्या समाधानको बाटो खुलेको छ । राष्ट्रिय विकासको लागि आवश्यक जनशक्ति तयार गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अनुकूल विद्यालयको व्यवस्थापन र गुणस्तरयुक्त शिक्षाको विकासका लागि सो ऐन कोसेढुङ्गा सावित हुने ठानिएको छ । नयाँ व्यवस्थाअनुसार आधारभूत शिक्षा भन्नाले प्रारम्भिक बाल शिक्षादेखि कक्षा ८ सम्म दिइने शिक्षा र माध्यमिक शिक्षा…
काठमाण्डौ । विश्व बैंकले गरिबीको रेखाबाट माथि उठेको ठूलो नेपाली समूदाय पुनः गरिबीको रेखामूनि जान सक्ने खतरा औंल्याइएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। विश्व बैंकले नेपालको गरिबीबारे सार्वजनिक गरेको प्रतिवेदनले बार्षिक २.२ प्रतिशतका दरले गरिबी घटेपनि गरिबीको रेखाबाट माथि उठेका ४५ प्रतिशत जनसंख्या जुनसुकै बेला पनि गरिबीमा फर्कन सक्ने चेतावनी दिएको छ। नेपालमा अझै पनि कुल जनसंख्याको २५.२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ। प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकका बरिष्ठ अर्थशास्त्री शैलेश तिवारीले गरिबी निवारणका लागि रेमिट्यान्सले महत्वपूर्ण भूमिका निर्बाह गरेको बताए। ‘रेमिट्यान्स गर्दा नेपालीको जीवनस्तर माथि उकासिएको छ तर गरिब र धनीबीचको खाडल भने हटेको छैन,’उनले भने। प्रतिवेदनअनुसार कुल…