काठमाण्डौँ । राष्ट्रगानका रचयिता ब्याकुल माइलाको शब्द सङ्कलनमा ‘आफ्नै भाव आफ्नै परिवेश’ नामक गीति क्यासेट बजारमा आएको छ ।
शिलाबहादुर मोक्तान, शान्तिराम राई लगायतले सङ्गीत दिएको उक्त क्यासेटमा जल जमिन, विपत् बेहोसी होइन, वरभञ्ज्याङ चौतारी, जिन्दगीको पाठशाला, तिमी रुँदा उदास लाग्छ, हाँसीहाँसी बोलुँभन्दा, हिलेपानी पाउँ नि है बोलका गीत सङ्कलन गरिएको छ । उक्त क्यासेटमा कुन्ति मोक्तान, पार्वती राई, सत्यकला राई, कला राई, अरविन्द मालाकार, बुद्ध राईलगायत कलाकारले स्वर सजाएका छन् ।
त्यसैगरी, क्यासेटमा जल जमिन, बरभञ्ज्याङ चौतारी, हाँसीहाँसी बोलुँभन्दा र जिन्दगीको पाठशाला बोलका गीतमा ट्र्याकसमेत सङ्ग्रह गरिएको छ ।
Facebook Comments Box