काठमाण्डौ । विश्व बैंकले गरिबीको रेखाबाट माथि उठेको ठूलो नेपाली समूदाय पुनः गरिबीको रेखामूनि जान सक्ने खतरा औंल्याइएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
विश्व बैंकले नेपालको गरिबीबारे सार्वजनिक गरेको प्रतिवेदनले बार्षिक २.२ प्रतिशतका दरले गरिबी घटेपनि गरिबीको रेखाबाट माथि उठेका ४५ प्रतिशत जनसंख्या जुनसुकै बेला पनि गरिबीमा फर्कन सक्ने चेतावनी दिएको छ।
नेपालमा अझै पनि कुल जनसंख्याको २५.२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ। प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकका बरिष्ठ अर्थशास्त्री शैलेश तिवारीले गरिबी निवारणका लागि रेमिट्यान्सले महत्वपूर्ण भूमिका निर्बाह गरेको बताए।
‘रेमिट्यान्स गर्दा नेपालीको जीवनस्तर माथि उकासिएको छ तर गरिब र धनीबीचको खाडल भने हटेको छैन,’उनले भने। प्रतिवेदनअनुसार कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको हिस्सा अत्यधिक बढेको छ।
Facebook Comments Box