रसुवा । उत्तरी छिमेकी चीनसँग जोड्ने रसुवागढी नाकामा बिहिबार दिउँसो फेरि पहिरो आएपछि आवतजावात अवरुद्ध भएको छ। साथै यसअघि गएको पहिरो पन्छाउन गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि चिनियाँमा भूभागमा फसेको छ। पहिरोमा परी एक जना चिनियाँ नागरिक घाइते भएका छन्।
रसुवागढी भन्सारका प्रमुख केदार पनेरुले दिएको जानकारी अनुसार हिजो गएको पहिरो बिहान ११ बजेसम्म हटाएर यातायात सुचारु गरेपनि फेरि दिउँसो एक बजे ठूलो पहिरो गएको हो।
पहिरो खस्ने क्रम जारी भएकाले हटाउन नसकिएको पनेरुले बताए। पहिरो खसेपछि केरुङबाट सामान ल्याएर आएका करिब सय वटा मालबाहक गाडी पनि चिनियाँ भूभागमा अड्किएको पनेरुले बताए। सुख्खा पहिरो खसेका कारण केही दिनदेखि सो नाकामा यातायात अवरुद्ध हुँदै आएको छ।
Facebook Comments Box