काठमाडौं । सरकारले भूकम्पपीडितले बनाउनु पर्ने घरको नमुना परिवर्तन गर्ने भएको छ । यसअघि ल्याएको १७ वटा घरको नमूना परिवर्तन गरी सरकारले जातजाति, धर्म संस्कृति र भौगोलिक अवस्था सुहाउँदो घरको नमुना ल्याउने लागेको हो ।
यस अघिका १७ वटा घरको नमुना त्यत्ति उपयोगी नभएको र पीडितले बनाउन नसक्ने गुनासा धेरै आएपछि नमुना परिवर्तन गर्न लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता राम प्रसाद थपलियाले बताए ।
‘भूकम्पपीडितको धर्म, संस्कृति, भूगोल हावापानी सुहाउँदो नभएको र बढी लगानी लाग्ने भएकाले बनाउन सक्दैनौँ भन्ने धेरै गुनासा आए, हुन त हामीले पहिल्यै पनि जस्तो सुकै डिजाइनको बनाउन सकिने, तर भूकम्प प्रतिरोधी बनाउनु पर्ने भनेका थियौं, प्राधिकरणमा अहिले चाँहि छुट्टै नक्साको छलफल चलिरहेको छ’ उनले भने ।’
Facebook Comments Box