Author: admin

काठमाण्डौ । नेपाली काग्रेसका प्रभावशाली नेता काग्रेसका नेता अर्जुननरसिंह केसीले अाफुले रोजेको गृह मन्त्रालय नपाउने भएपछि सपथ लिन गएनन् । बिगतमा शिक्षा तथा स्वास्थय मन्त्रालय समहालिसकेका केसीले अाफु अनुकुलको मन्त्रालय नपाएपछि सपथ ग्रहणमा सहभागी नभएका हुन् । संबिधानसभामा नुवाकोट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित केसी गृहमन्त्रालय नपाउने अबस्थामा सहभागी नहुने उनका सहयोगी सरोज केसीले जानकारी दिए । गृह मन्त्रालय बाहेक पार्टी सभापति शेरबहादुर देउवाले उनलाई रक्षा वा स्वास्थ्य मध्ये एक रोज्न भनेका थिए । केसीले सुरुमा सरकारमा पार्टीको नेतृत्व दाबी गरेका थिए । तर, बिहीबार विहान भएको भेटमा केसी मन्त्री बन्न तयार भएपछि उनको नाम सिफारिस भएको थियो ।

Read More

काठमाण्डौ । कुनै बेलाका सहयात्री तथा प्रचण्डका राजनितीक गुरु मोहन बैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको भोलिपल्ट आन्दोलनको घोषणा गरेको छ । बद्य नेतृत्वको क्रान्तिकारी माओवादीले बिभिन्न माग राखेर अान्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । ४ वर्ष अघि माओवादी केन्द्र संसदीय भासमा फसिरहेको र सुध्रन नसकेको आरोप लगाउँदै बैद्य माओवादी केन्द्रबाट बाहिरिएका थिए । हाल बैद्यबाट छाडेर गएका रामबहादुर थापा बादल लगायतका नेताहरु माओवादी केन्द्र सुध्रिएको भन्दै एकीकरण भएपनि बैद्य सामेल भएनन् बोरु तिनै प्रचण्ड प्रधानमन्त्री बनेपछि अान्दोलनको कार्यक्रम सार्वजनिक गरे । हिजो जनयुद्द सँगै लडेका सहयात्री प्रचण्ड संसदबादमा फसेर धोका दिएको बैद्यको आरोप छ ।…

Read More

विर्तामोड । अन्नपूर्ण पोस्टले संचालन गरिरहेको ‘नपर्ने त कुरै छैन’ वार्षिक ग्राहक योजना अन्तर्गत साप्ताहिक पुरस्कार विजेता विर्तामोड झापाका विवेक पकुवाललाई विहीबार पुरस्कार वितरण गरिएको छ । विर्तामोड ६ मित्रनगर निवासी पकुवाललाई विर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच पुरस्कार प्रदान गरियो । पुरस्कार अन्नपूर्ण पोस्टका इटहरी प्रेस इन्चार्ज नरेश दहाल, झापा संवाददाता उमाकान्त खनाल र विर्तामोडका पत्रिका वितरक जीवन रेग्मीले वितरण गरेका थिए । अन्नपूर्ण पोस्ट्को बार्षिक ग्राहक बन्ने मध्येबाट साप्ताहिक रुपमा गरिएको लक्की ड्र मार्फत उनी विजेता घोषित भएका थिए । उनले होम एप्लाइन्सेस गिफ्ट ह्याम्परका रुपमा राइसकुकर, मिक्सचर, इन्डक्सन चुलो लगायतका घरायसी सामानहरु पुरस्कार स्वरुप पाएका छन । ‘पुरस्कार पर्छ…

Read More

काठमाण्डौ । देशकै ठुलो पार्टीको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले नयाँ सरकारमा बिमलेन्द्र निधिको नेतृत्वमा दुई जनालाई पठाउने भएको छ। केही समयदेखि कस्को नेतृत्वमा सरकारमा जाने भनेर अन्यौलता सिर्जना भईरहेका बेला बिहीबार पार्टीको पदाधिकारी बैठकले निधीको नेतृत्वमा रमेश लेखक मन्त्री बनाउने टुङ्गो लगाएको हो । माओवादीका अध्यक्ष हिजो प्रधानमन्त्रीमा निर्वाचित भएपछि काँग्रेसले बिहीबार बिहान मन्त्री पठाउने विषयमा टुङ्गो लगाएको हो । सरकारको नेतृत्वका विषयमा पार्टीभित्र आकांक्षी बढी भएपछि सबैसँग सल्लाह गरी निर्णयमा पुग्न देउवाले बैठक डाकेका हुन्। गृह र परराष्ट्रसहित १३ मन्त्रालय दाबी गरेको कांग्रेसकाे छ । निधीले उप प्रधान सहित गृ मन्त्रालय र लेखकलाई भौतिक योजना तथा निर्माण मन्त्रालय दिने…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा उपप्रधान एवं अर्थमन्त्री बन्ने पक्का भएको छ । बिहान बसेको माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठकले तीन जनालाई बिहीबारनै मन्त्री बनाउने निर्णय गरे अनुसार महरालाई मन्त्री बनाउन लागिएको हो । प्रधानमन्त्रीको शपथसँगै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी भएको छ । माओवादीबाट बिहीबार मन्त्री बन्ने अरु दुई जनाको नाम भने टुंगो लाग्न बाँकी छ । माओवादीबाट जनार्दन शर्मा, राम कार्की, प्रभु शाह र हितराज पाण्डे मध्येबाट दुईजना छानिने माओवादी स्रोतले जनाएको छ ।

Read More

विर्तामोड । गत साउन ९ गते रातिदेखि पूर्वमा अविरल बर्षा सुरु भएपछि झापाका राजमार्ग दक्षिणका गाविस तथा नगरपालिका क्षेत्रमा डुवानका खबरहरु आउन थाले । खोला नाला उर्लेर आए । साउन १० गते झापाको दक्षिणी नगरपालिका भद्रपुर १ को भैंसाबाडीमा मेची नदीले धार परिवर्तन गरेर नदी नै गाउँ पसेपछि त्यहाँ मानिसहरुको विचल्ली भयो । मानिसहरु घरभित्रै पोखरी बनेको ठाउँमा अड्केर बसे । कतिजनालाई बाटोमा हिँडदै गर्दा एक्कासी खोलाले बगायो र रुखमाथि चढेर घन्टौंसम्म बसे । त्यो बेला स्थानीयबासी तथा अन्य स्रोतबाट उद्धार गर्ने अवस्था रहेन । अपरान्ह तिर चारआलीमा रहेको नेपाली सेनाको कालीबहादुर गणका गणपति खेमनारायण पौडेलको नेतृत्वको टोली त्यहाँ पुग्यो…

Read More

काठमाडौं– नयाँ प्रधानमन्त्री चयन हुनुअघि बुधवार प्रधानमन्त्री निवास बालुवाटारबाट संसदका लागि निस्केका ओली त्यहाँ चुनाव सकिएपछि सीधै बालकोटस्थित आफ्नो घर फर्किए । बालुवाटारमा पीपलको बिरुवा रोपेर बाहिरिएका ओलीलाई संसद भवनबाट युवाको र्यालीले इस्कर्टिङ गरेको थियो । ९ महिनाअघि जुन उत्साह र खुसीसाथ उनी बालुवाटार पसेका थिए, त्यही शैलीमा बालकोट फर्किए । ९ महिनाको छोटो अवधिमा ओलीले राम्रारनराम्रा दुवै काम गरे । तर राजनीति, कुटनीति र विकास समृद्धिका केही विषय यसरी बाहिर आए, जसका कारण उनी सधै सम्झिइने पात्र बनेका छन् । भारतले गरेको नाकाबन्दी, एकतर्फी परनिर्भरता तोड्ने गरी चीनसँग भएको पारवहन सम्झौता ओलीको इतिहासका बहिखातामा लेखिने महत्वपूर्ण बुँदा हुन् ।…

Read More

विराटनगर । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले झापाकी ११ वर्षिया बालिका हत्याका आरोपी पक्राउ गर्ने प्रहरी हवल्दार याम चन्द्र कार्कीलाई असार महिनाको “पुलिस अफ दि मन्थ” बाट सम्मान गरेको छ। ईलाका प्रहरी कार्यालय धुलावारीमा कार्यरत प्रहरी हवल्दार कार्कीले झापा बुधवारे ५ ईन्द्रेणी चोकस्थित मावली घर आएकी बालिकाको घाँटी रेटेर हत्या गरी फरार रहेका आरोपी लुकेको स्थानबारे गोप्य सूचना संकलन गरी पक्राउ गर्न मद्दत गरेका थिए। झापा दुवागढी ९ स्थित साकम्बरी प्रोडक्ट उधोगमा आगजनी गरी ३३ लाख बढीको क्षति गराउने समुहका चार जनालाई पक्राउ गर्न मद्दत पुर्याए वापत “पुलिस अफ दि मन्थ” को रुपमा चयन गरिएको हो । कार्कीबाट सम्पादित कार्यबाट…

Read More

काठमाडौं– दक्षिण एसियामा सबैजसो विषयमा नेपाल अन्य मुलुकभन्दा पछाडि छ । सरकारको संख्या हेर्ने हो भने चाहिँ नेपाललाई कुनैले उछिन्न सक्दैन । २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनायता नेपालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारसहित २४ वटा सरकार बनिसकेका छन् । दक्षिण एसियाली देशमध्ये यही अवधिमा सवैभन्दा कम सरकार भने बंगलादेशमा ६ वटा मात्रै बनेका छन् । औसतमा दशदेखि ११ सरकारले यो क्षेत्रका देशको शासन चलाइरहेका छन् । राजनीतिक अस्थिरताको परिणाम नेपालमा भने २५ वर्षमा २४ सरकारले शासन गरेका छन् । कृष्णप्रसाद भट्टराईलाई छोडेर संसदीय व्यवस्था अंगालेयताको अवधिमा वुधवार निर्वाचित प्रचण्ड २३ औं प्रधानमन्त्री हुन् । यहीबीच राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनदेखि तत्कालीन प्रधानन्यायाधीश…

Read More

काठमाण्डौ । आफैँले ल्याएको निर्देशिकालाई छलेर सरकारले पहुँचका आधारमा संघसंस्था तथा अस्पताललाई बाँड्न बजेटमै करोडौँ रकम छुट्याएको पाइएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतका अस्पताल र संघसंस्थालाई बाँड्नका लागि सरकारले ३२ करोड २८ लाख छुट्याएको छ । विगत वर्षमा पहुँचवाला अस्पतालले अनुदान लगेर त्यसको प्रतिफल नआएको भन्दै विरोध भएपछि सरकारले त्यसलाई रोक्न सामुदायिक अस्पताल अनुदान निर्देशिका जारी गरेको थियो । निर्देशिकाले सामुदायिक अस्पताललाई मात्र अनुदान दिन पाउने र अनुदान लैजाने अस्पताल उपत्यकाबाहिरको हुनुपर्ने उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । तर, निर्देशिकाले बाटो छेकेपछि पहुँचवाला नेता तथा उच्च कर्मचारीद्वारा सञ्चालित अस्पताल र संस्थाका व्यक्तिको प्रभावमा सीधै बजेटमा रकम छुट्याइएको…

Read More