विर्तामोड । अन्नपूर्ण पोस्टले संचालन गरिरहेको ‘नपर्ने त कुरै छैन’ वार्षिक ग्राहक योजना अन्तर्गत साप्ताहिक पुरस्कार विजेता विर्तामोड झापाका विवेक पकुवाललाई विहीबार पुरस्कार वितरण गरिएको छ ।
विर्तामोड ६ मित्रनगर निवासी पकुवाललाई विर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच पुरस्कार प्रदान गरियो । पुरस्कार अन्नपूर्ण पोस्टका इटहरी प्रेस इन्चार्ज नरेश दहाल, झापा संवाददाता उमाकान्त खनाल र विर्तामोडका पत्रिका वितरक जीवन रेग्मीले वितरण गरेका थिए ।
अन्नपूर्ण पोस्ट्को बार्षिक ग्राहक बन्ने मध्येबाट साप्ताहिक रुपमा गरिएको लक्की ड्र मार्फत उनी विजेता घोषित भएका थिए । उनले होम एप्लाइन्सेस गिफ्ट ह्याम्परका रुपमा राइसकुकर, मिक्सचर, इन्डक्सन चुलो लगायतका घरायसी सामानहरु पुरस्कार स्वरुप पाएका छन । ‘पुरस्कार पर्छ भन्ने कुरा पत्याएको थिइन । तर पर्दाे रहेछ भन्ने अन्नपूर्णको यो पुरस्कारबाट प्रमाणित भया । अन्नपूर्ण पोस्ट अझ वलियो भएर जाओस । हामी अन्नपूर्ण पोस्टलाई माया गरिरहन्छौं ।’ अन्नपूर्णले पुरस्कार हस्तान्तरण गर्दा पकुवाल निकै खुसी देखिन्थे ।
तीन हजार चार सय रुपैयाँ तिरेर अन्नपूर्ण पोस्ट्को बार्षिक रुपमा ग्राहक बन्ने पाठकले उपहार पाउँछन । पाठकले पत्रिकाको बार्षिक ग्राहक बन्नासाथ हातैमा एक थान मोबाइल सेट उपहार वा स्क्राच कुपनमा भारी छुट पाउने गरेका छन ।
बार्षिक ग्राहक बन्ने मध्येबाट एक जनाले लक्की ड्र मार्फत साप्ताहिक रुपमा होम एप्लाइन्सेस गिफ्ट ह्याम्पर, मासिक रुपमा बजाजको प्लाटिना मोटरसाइकल र बार्षिक लक्की ड्रबाट एकजना भाग्यशाली बिजेताले चितवन भरतपुरस्थित यज्ञपुरी कोलोनीमा बनेको १ करोड ५० लाख रुपैयाँको अढाई तले वंगाला उपहार पाउँनेछन । वंगाला पूर्ण सजावटयुक्त छ ।
अन्नपूर्ण पोस्टका नयाँ मात्र नभई पुराना ग्राहकहरुले पनि बार्षिक ग्राहक नबिकरण गरेर यो अभियानमा सहभागीता जनाउँन पाउनेछन । अर्धबार्षिक र त्रैमासिक रुपमा पत्रिकाको ग्राहक बन्ने पाठकले कुनै उपहार पाउँदैनन् । हाल देशभर ग्राहक योजना संचालन भईरहेको छ ।