काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा उपप्रधान एवं अर्थमन्त्री बन्ने पक्का भएको छ । बिहान बसेको माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठकले तीन जनालाई बिहीबारनै मन्त्री बनाउने निर्णय गरे अनुसार महरालाई मन्त्री बनाउन लागिएको हो ।
प्रधानमन्त्रीको शपथसँगै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी भएको छ । माओवादीबाट बिहीबार मन्त्री बन्ने अरु दुई जनाको नाम भने टुंगो लाग्न बाँकी छ ।
माओवादीबाट जनार्दन शर्मा, राम कार्की, प्रभु शाह र हितराज पाण्डे मध्येबाट दुईजना छानिने माओवादी स्रोतले जनाएको छ ।
Facebook Comments Box