काठमाण्डौ ।
कुनै बेलाका सहयात्री तथा प्रचण्डका राजनितीक गुरु मोहन बैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको भोलिपल्ट आन्दोलनको घोषणा गरेको छ । बद्य नेतृत्वको क्रान्तिकारी माओवादीले बिभिन्न माग राखेर अान्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
४ वर्ष अघि माओवादी केन्द्र संसदीय भासमा फसिरहेको र सुध्रन नसकेको आरोप लगाउँदै बैद्य माओवादी केन्द्रबाट बाहिरिएका थिए । हाल बैद्यबाट छाडेर गएका रामबहादुर थापा बादल लगायतका नेताहरु माओवादी केन्द्र सुध्रिएको भन्दै एकीकरण भएपनि बैद्य सामेल भएनन् बोरु तिनै प्रचण्ड प्रधानमन्त्री बनेपछि अान्दोलनको कार्यक्रम सार्वजनिक गरे । हिजो जनयुद्द सँगै लडेका सहयात्री प्रचण्ड संसदबादमा फसेर धोका दिएको बैद्यको आरोप छ । बिहीबार बैद्यले पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा साउन १६ गतेदेखि १९ गतेसम्म बसेको बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीले भदौ १५ गतेदेखि आन्दोलनको घोषणा गरेको हो ।
भदौ १५ गते सुकुम्बासी समस्याबारे प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने र सोही दिन विभिन्न जिल्लाहरूमा विरोध प्रदर्शन गर्ने आन्दोलनको कार्यक्रम रहेको बैद्यले बताएका छन् । त्यस्तै भदौ २४ गते राष्ट्रिय स्वाधीनता र अपर कर्णाली लगायत जलविद्युत परियोजना बचाउ अभियानअन्तर्गत देशभरि विरोध प्रदर्शन गर्ने उसको भनाइ छ ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा आवश्यक तयारीसहित आन्दोलनका अन्य कार्यक्रमहरू सार्वजनिक गर्ने उसले बताएको छ ।
यसैगरी पार्टी सरकारद्वारा जारी सीमाङ्कन सङ्घीयताको मान्यताको विपरीत रहेको उसले बताएको छ । “सरकारद्वारा जारी सीमाङ्कनको प्रक्रियाले सम्बन्धित पक्षको पहिचान, पहुँच तथा प्रतिनिधित्व गर्न नसक्ने देखिएको एवम् त्यो सङ्घीयताको मान्यता विपरीत हुन गएको छ,” वैद्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ