काठमाण्डौ ।
नेपाली काग्रेसका प्रभावशाली नेता काग्रेसका नेता अर्जुननरसिंह केसीले अाफुले रोजेको गृह मन्त्रालय नपाउने भएपछि सपथ लिन गएनन् । बिगतमा शिक्षा तथा स्वास्थय मन्त्रालय समहालिसकेका केसीले अाफु अनुकुलको मन्त्रालय नपाएपछि सपथ ग्रहणमा सहभागी नभएका हुन् । संबिधानसभामा नुवाकोट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित केसी गृहमन्त्रालय नपाउने अबस्थामा सहभागी नहुने उनका सहयोगी सरोज केसीले जानकारी दिए । गृह मन्त्रालय बाहेक पार्टी सभापति शेरबहादुर देउवाले उनलाई रक्षा वा स्वास्थ्य मध्ये एक रोज्न भनेका थिए । केसीले सुरुमा सरकारमा पार्टीको नेतृत्व दाबी गरेका थिए । तर, बिहीबार विहान भएको भेटमा केसी मन्त्री बन्न तयार भएपछि उनको नाम सिफारिस भएको थियो ।
Facebook Comments Box