काठमाण्डौ ।
देशकै ठुलो पार्टीको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले नयाँ सरकारमा बिमलेन्द्र निधिको नेतृत्वमा दुई जनालाई पठाउने भएको छ। केही समयदेखि कस्को नेतृत्वमा सरकारमा जाने भनेर अन्यौलता सिर्जना भईरहेका बेला बिहीबार पार्टीको पदाधिकारी बैठकले निधीको नेतृत्वमा रमेश लेखक मन्त्री बनाउने टुङ्गो लगाएको हो । माओवादीका अध्यक्ष हिजो प्रधानमन्त्रीमा निर्वाचित भएपछि काँग्रेसले बिहीबार बिहान मन्त्री पठाउने विषयमा टुङ्गो लगाएको हो ।
सरकारको नेतृत्वका विषयमा पार्टीभित्र आकांक्षी बढी भएपछि सबैसँग सल्लाह गरी निर्णयमा पुग्न देउवाले बैठक डाकेका हुन्। गृह र परराष्ट्रसहित १३ मन्त्रालय दाबी गरेको कांग्रेसकाे छ । निधीले उप प्रधान सहित गृ मन्त्रालय र लेखकलाई भौतिक योजना तथा निर्माण मन्त्रालय दिने भएपनि अरूको टुंगो लागिसकेको छैन। नयाँ सरकार गठनका लागि सातबुँदे सहमति गरेका कांग्रेस र माओवादीबीच यसअघि १३ र ९ मन्त्रालय लिने समझदारी भएको थियो। सरकारमा सहभागी हुने दुई जनाले अाजै मन्त्रीपदको सपथ खाने कार्यक्रम तय भएको छ । गृह र परराष्ट्रसहित १३ मन्त्रालय दाबी गरेको कांग्रेसले पाएका मन्त्रालयहरू यस्ता छन्। काँगंरेसले गृह,भौतिक योजना,रक्षा,परराष्ट्र, सिँचाई ,पर्यटन ,शिक्षा,सामान्य प्रसाशसन ,खानेपानी,शान्ति तथा पुनर्निर्माण,सहरी विकास,बन लगायत छन् ।