Author: admin

सुरुङ्गा ।  महिन्द्रा टु ह्वीलर्सको आधिकारिक विक्रेता साइअटो मोबायल्स प्लाजा प्रा.लि, सुरुङ्गाले यस क्षेत्रका मोटलसाइकल मेकानिक्सहरुका लागि एक दिने प्राविधिक तालिम दिएको छ । कनकाई नगारपालिका–३, सुरुङ्गामा दिइएको तालिममा अग्नी मोटोनिकका इञ्जिनियर सुमित अधिकारीले मोटरसाइकलसँग सम्बन्धित आधारभूत विषयहरुको बारेमा प्रशिक्षण दिएका थिए । तालिममा कनकाई नगरपालिकाभित्रका ३० भन्दा बढि मेकानिक्सहरुको सहभागिता रहेको थियो । रिवस अटोप्लाजा, दमकका मिनप्रकाश उप्रेतीको प्रमुख आतिथ्यमा भएको तालिममा पूर्वाञ्चल प्रमुख राजेन्द्र अधिकारी, साइअटोमोबायल्सका प्रमुख ओमप्रकाश श्रेष्ठ लगायलते सिकेका ज्ञान, सीपलाई व्यवहारमा उतार्न सुझाव दिए ।

Read More

विर्तामोड । नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई समयमा विद्युत मिटर दिन नसक्दा झापामा विद्युत् हुकिङ गर्ने बढेका छन् । विद्युत् मिटर केन्द्रीय कार्यालयबाट नआएको भन्दै प्राधिकरणले मिटर वितरण नगर्दा सुरुङ्गा पश्चिमको ग्रामिण क्षेत्रमा हुकिङ गर्ने बढेका हुन् । शिवगञ्ज, सतासीधाम, तोपगाछी, गौरीगञ्ज, खजुरगाछी, महाभारा, कोहोबरालगायतका स्थानमा स्थानीयवासी अहिले मिटर नपाएको भन्दै विद्युत् हुकिङ गरेर वत्ती बाल्ने, सिचाइँका लागि मोटर चलाउने काम गरिरहेका छन् । उता, नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले समयमा मिटर दिन नसक्दा करिब २५ सय घरधुरी छिमेकीको घरबाट विजुली बाल्न बाध्य भएको बताइएको छ । नेपाल विद्युत प्राधिकरण, दमक शाखाले २०७१ साल फागुन महिनादेखि मिटर वितरण गर्न सकेको छैन…

Read More

डाँगीबारी । विरिङ खोलाको कटान रोक्न डाँगीबारी–३, तुलसीबारीका स्थानीयवासी जुटेका छन् । बिरिङ खोलामा वर्षेनि आउने बाढीले कटान गरेर तुलसीबारी गाउँ नजिकै खोला आएसँगै कटान रोक्न त्यसक्षेत्रका बासिन्दा जुटेका हुन् । एक हप्ताअघि बिरिङ खोलामा आएको बाढीले डाँगीबारी–३ तुलसीबारीका १३ घरपरिवार पूर्णरुपमा विस्थापित भएका थिए । वाढीको जोखिम बढेपछि त्यहाँ केही घर प्रहरीले भत्कारएर सुरक्षित स्थानमा सारेको थियो । वर्षेनि बाढीले दुःख दिन थालेपछि अहिले त्यस क्षेत्रका स्थानीयबासिन्दाले बोरामा बालुवा भरेर अस्थायी बाँध बाँधेर कटान नियन्त्रणको प्रयास गरिरहेको स्थानीय समाजसेवी लक्ष्मण पाठकले बताए । डाँगीबारी–३ तुलसीबारीबाट बिरिङ नदी गाउँपस्दा डाँगीबारी बजारका बासिन्दा त्यहाँ रहेको गौरीशंकर उच्च मावि लगायतका क्षेत्र नै विस्थापित…

Read More

काठमाण्डौ । एमालेका चार उपाध्यक्षसहित दर्जन केन्द्रीय नेता जिम्मेवारी नपाएर ‘बेरोजगार’ बनेका छन् । अघिल्ला दुई सरकारमा सहभागी पूर्वमन्त्रीहरूलाई एमालेले अझै काम नदिादा उनीहरू ‘बेरोजगार’ बनेका हुन्। तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार र पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीमध्ये धेरैलाई एमालेले पार्टी कामको कुनै जिम्मेवारी दिएको छैन । उपाध्यक्षहरू भने पुरानो संरचनाको विकास क्षेत्र र अञ्चल कमिटी खारेज भएपछि दुई महिनायता जिम्मेवारीविहीन छन् । उनीहरूलाई भूगोल या केन्द्रीय विभाग कतैको पनि जिम्मेवारी तोकिएको छैन। एमालेमा अहिले वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीमबहादुर रावलसहित चार उपाध्यक्ष छन् । विधानअनुसार महाधिवेशनबाट पााच उपाध्यक्ष निर्वाचित भएकोमा विद्या भण्डारी…

Read More

काठमाण्डौ । सरकारले सहकारी संस्थाको रकम हिनामिनामा १० वर्षसम्म कैद हुने गरी नयाँ कानुन व्यवस्था प्रस्ताव गरेको छ । सरकारले सहकारीको रकम हिनामिनालाई पनि बैङकिङ कसुरसरह मानेर एक अर्ब रुपियाँभन्दा बढीको दाबीमा १० वर्षसम्म कैदको प्रस्ताव गरेको हो। सहकारीको रकम हिनामिनलाई ठगीमा मुद्दा चलाइँदै आएकोमा सरकाले यसअघि नै सहकारी ठगीलाई बैङकिङ कसुरसरह मानेर मुद्दा चलाउने विधेयक ल्याइसकेको छ । बैङकिङ कसुरसम्बन्धी उक्त विधेयक संसदीय समितिमा दफावार छलफलका क्रममा छ । सहकारी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकमा सरकारले सहकारी संस्थाको कागजात वा खातामा लेखिएको कुनै कुरा कुनै तरिकाले हटाई वा उडाई अर्के अर्थ लाग्ने बेहोरा पारी मिलाई कसुर गरेमा…

Read More

शाखा अधिकृतको अन्तिम चरको परिक्षा अन्तर्गत सामुहिक छलफलका लागि समस्या : १. नेपाल विपद जोखिमका हिसाबले एक अत्यन्त जोखिममुलक देश हो । जोखिम न्युनिकरणका लागि विभिन्न नीतिगत र कानूनी व्यवस्था विद्यमान छन् । तर पनि आम नागरिकले जोखिमको ठीक व्यवस्थापन नभएको गुनासो गरिरहेको सन्दर्भमा के कस्ता कमजोरी कारणले यसो भएको हो र यस्ता विपदको जोखिम न्युनिकरणका लागि आगामि दिनमा के कस्ता प्रयास गर्न जरुरी देख्नु हुन्छ । आफ्ना धारणा भर्खरै सिन्धुपाल्चोकको जुरे विपद्लाई जोड्दै राख्नुहोस् । २. समावेशिकरण राज्य संरचनालाई विभिन्न पिछडिएका वर्ग, लिङ्ग, जात जाति र क्षेत्रलाई राज्यको संरचना र प्रक्रियामा समावेश गराउने अवधारणा हो तर नेपालमा…

Read More

काठमाण्डौ । सरकारले सहकारी संस्थाको रकम हिनामिनामा १० वर्षसम्म कैद हुने गरी नयाँ कानुन व्यवस्था प्रस्ताव गरेको छ । सरकारले सहकारीको रकम हिनामिनालाई पनि बैङकिङ कसुरसरह मानेर एक अर्ब रुपियाँभन्दा बढीको दाबीमा १० वर्षसम्म कैदको प्रस्ताव गरेको हो। सहकारीको रकम हिनामिनलाई ठगीमा मुद्दा चलाइँदै आएकोमा सरकाले यसअघि नै सहकारी ठगीलाई बैङकिङ कसुरसरह मानेर मुद्दा चलाउने विधेयक ल्याइसकेको छ । बैङकिङ कसुरसम्बन्धी उक्त विधेयक संसदीय समितिमा दफावार छलफलका क्रममा छ । सहकारी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकमा सरकारले सहकारी संस्थाको कागजात वा खातामा लेखिएको कुनै कुरा कुनै तरिकाले हटाई वा उडाई अर्के अर्थ लाग्ने बेहोरा पारी मिलाई कसुर गरेमा…

Read More

काठमाण्डौ । ७३ वर्षीया गंगामाया याक्खा बिहीबार बिहान ९ बजे हातमा पुर्जा लिएर कोसी अञ्चल अस्पताल ओपीडी कक्षको भुइँमा बसिरहेकी भेटिइन् । चिकित्सकको पर्खाइमा उनका साथ थिए पति ७२ वर्षीय भवानीप्रसाद र बुहारी पुष्पा । उनीसँगै उपचारका लागि धनकुटा खुवाफोक–७ बाटै आएकी थिइन् सुशीला याक्खा र उनकी बुहारी सुमित्रा। उभिँदा–उभिँदा जीउ दुख्यो । बिरामीको घुइँचोले बस्ने ठाउँ नभेटेपछि भुइँमै बसे उनीहरू । गत माघमा माइती गाउँ धनकुटाको बोजे जाने क्रममा बाटामा चिप्लिएर लडेपछि गंगामायाको देब्रे खुट्टामा असर परेछ । भाइ लक्ष्मीले गाउँकै अहेवबाट ओखतीमूलो गराए । तर दुख्न नछाडेपछि बुधबार बिहान ७ बजे बस चढी पथरी कान्छा छोरा विमलको घरमा…

Read More

काठमाण्डौ । एनएमबी बैंकले हिमालय कलेज अफ इन्जिनियरिङमा आईटी र इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने भएको छ। कान्तिपुर दैनिकमा समाचार छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका अध्यक्ष विष्णुप्रसाद शर्मा र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडलबीच शैक्षिक कर्जा योजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि शैक्षिक प्रमाणपत्र धितो राखेर पढ्न पाउने सुनिश्चित भएको हो। आर्थिक अभावले इन्जिनियरिङ पढ्न नसकेका ग्रामीण क्षेत्रका जेहेन्दार विद्यार्थीहरूले यो सुविधा लिन सक्ने कलेजका निर्देशक रामेश्वर अर्यालले बताए ।

Read More

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिए पनि कतिपय मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिएको बताएको छ। गोरखापत्र दैनिकमा समाचार छ। व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको बैठकमा उक्त मन्त्रालयका सचिव प्रेमकुमार राईले हवाई उडान भर्नुअघि चालकको स्वास्थ्य परीक्षण गर्ने नीतिलाई आगामी दिनमा कडाइका साथ पालना गराइने जानकारी दिए। हवाई उडानका क्षेत्रमा खासगरी अपनाउनुपर्ने नियम तथा नयाँ प्रविधिको प्रयोगमा विशेष ध्यान पु¥याइएको बताउँदै उहाँले कतिपय अवस्थामा जहाज र चालक ठीक भए पनि डाँडामा ठोक्किएर दुर्घटना हुने गरेको तथ्याङ्क प्रस्तुत गरियो। बैठकमा कतिपय दुर्घटना छानबिन समितिको प्रतिवेदनलाई विश्लेषण गर्ने हो भने चालकको बानी व्यहोरासमेत…

Read More