सुरुङ्गा । महिन्द्रा टु ह्वीलर्सको आधिकारिक विक्रेता साइअटो मोबायल्स प्लाजा प्रा.लि, सुरुङ्गाले यस क्षेत्रका मोटलसाइकल मेकानिक्सहरुका लागि एक दिने प्राविधिक तालिम दिएको छ ।
कनकाई नगारपालिका–३, सुरुङ्गामा दिइएको तालिममा अग्नी मोटोनिकका इञ्जिनियर सुमित अधिकारीले मोटरसाइकलसँग सम्बन्धित आधारभूत विषयहरुको बारेमा प्रशिक्षण दिएका थिए । तालिममा कनकाई नगरपालिकाभित्रका ३० भन्दा बढि मेकानिक्सहरुको सहभागिता रहेको थियो ।
रिवस अटोप्लाजा, दमकका मिनप्रकाश उप्रेतीको प्रमुख आतिथ्यमा भएको तालिममा पूर्वाञ्चल प्रमुख राजेन्द्र अधिकारी, साइअटोमोबायल्सका प्रमुख ओमप्रकाश श्रेष्ठ लगायलते सिकेका ज्ञान, सीपलाई व्यवहारमा उतार्न सुझाव दिए ।
Facebook Comments Box