डाँगीबारी । विरिङ खोलाको कटान रोक्न डाँगीबारी–३, तुलसीबारीका स्थानीयवासी जुटेका छन् । बिरिङ खोलामा वर्षेनि आउने बाढीले कटान गरेर तुलसीबारी गाउँ नजिकै खोला आएसँगै कटान रोक्न त्यसक्षेत्रका बासिन्दा जुटेका हुन् ।
एक हप्ताअघि बिरिङ खोलामा आएको बाढीले डाँगीबारी–३ तुलसीबारीका १३ घरपरिवार पूर्णरुपमा विस्थापित भएका थिए । वाढीको जोखिम बढेपछि त्यहाँ केही घर प्रहरीले भत्कारएर सुरक्षित स्थानमा सारेको थियो ।
वर्षेनि बाढीले दुःख दिन थालेपछि अहिले त्यस क्षेत्रका स्थानीयबासिन्दाले बोरामा बालुवा भरेर अस्थायी बाँध बाँधेर कटान नियन्त्रणको प्रयास गरिरहेको स्थानीय समाजसेवी लक्ष्मण पाठकले बताए ।
डाँगीबारी–३ तुलसीबारीबाट बिरिङ नदी गाउँपस्दा डाँगीबारी बजारका बासिन्दा त्यहाँ रहेको गौरीशंकर उच्च मावि लगायतका क्षेत्र नै विस्थापित हुनुपर्ने अवस्था आउन नदिन उक्त कार्य भइरहेको पाठकले जानकारी दिए ।
स्थानीय टोम राजवंशीको अध्यक्षतामा बिरिङ नदी नियन्त्रण तटबन्धन समिति नै बनाएर कटान नियन्त्रणका लागि पहल शुरु गरिएको समितिका सचिव टिकाराम रोक्काले बताए । खोला नियन्त्रणका लागि एक सातासम्म बाँध बान्ने कार्यक्रम रहेको बताइएको छ ।
Facebook Comments Box