काठमाण्डौ ।
सरकारले सहकारी संस्थाको रकम हिनामिनामा १० वर्षसम्म कैद हुने गरी नयाँ कानुन व्यवस्था प्रस्ताव गरेको छ । सरकारले सहकारीको रकम हिनामिनालाई पनि बैङकिङ कसुरसरह मानेर एक अर्ब रुपियाँभन्दा बढीको दाबीमा १० वर्षसम्म कैदको प्रस्ताव गरेको हो।
सहकारीको रकम हिनामिनलाई ठगीमा मुद्दा चलाइँदै आएकोमा सरकाले यसअघि नै सहकारी ठगीलाई बैङकिङ कसुरसरह मानेर मुद्दा चलाउने विधेयक ल्याइसकेको छ । बैङकिङ कसुरसम्बन्धी उक्त विधेयक संसदीय समितिमा दफावार छलफलका क्रममा छ ।
सहकारी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकमा सरकारले सहकारी संस्थाको कागजात वा खातामा लेखिएको कुनै कुरा कुनै तरिकाले हटाई वा उडाई अर्के अर्थ लाग्ने बेहोरा पारी मिलाई कसुर गरेमा १० वर्षसम्म कैदको प्रस्ताव गरेको खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
Facebook Comments Box