काठमाण्डौ ।
एमालेका चार उपाध्यक्षसहित दर्जन केन्द्रीय नेता जिम्मेवारी नपाएर ‘बेरोजगार’ बनेका छन् । अघिल्ला दुई सरकारमा सहभागी पूर्वमन्त्रीहरूलाई एमालेले अझै काम नदिादा उनीहरू ‘बेरोजगार’ बनेका हुन्।
तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार र पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीमध्ये धेरैलाई एमालेले पार्टी कामको कुनै जिम्मेवारी दिएको छैन । उपाध्यक्षहरू भने पुरानो संरचनाको विकास क्षेत्र र अञ्चल कमिटी खारेज भएपछि दुई महिनायता जिम्मेवारीविहीन छन् । उनीहरूलाई भूगोल या केन्द्रीय विभाग कतैको पनि जिम्मेवारी तोकिएको छैन।
एमालेमा अहिले वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीमबहादुर रावलसहित चार उपाध्यक्ष छन् । विधानअनुसार महाधिवेशनबाट पााच उपाध्यक्ष निर्वाचित भएकोमा विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि उनको पद रिक्त छ । तर, गत ६ असारमा बसेको स्थायी समिति बैठकले पााच विकास क्षेत्र र १७ अञ्चलको पुरानो संरचना खारेज गरेर प्रदेश संगठन कमिटी बनाउने निर्णय गरेपछि उपाध्यक्षहरूसमेत ‘बेरोजगार’ बनेका हुन्।
तत्कालीन प्रधानमन्त्री कोइराला नेतृत्वको सरकारमा मन्त्री भएका पोलिटब्युरो सदस्यहरू लालबाबु पण्डित, महेन्द्रबहादुर पाण्डे, राधा ज्ञवाली र दलबहादुर रानाले अझै जिम्मेवारी पाएका छैनन् । त्यस्तै, तत्कालीन कृषिमन्त्री हरि पराजुली पनि अझै बेरोजगार छन् । ०७१ असारमा नवौा महाधिवेशन हुादा उनीहरू सबै कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा सहभागी थिए । १३ चैत ०७१ मा बसेको केन्द्रीय कमिटी बैठकले कार्यविभाजन गर्दा पनि उनीहरू मन्त्री नै थिए । तर, गत असोजबाट सरकारको कामबाट फर्किएको १० महिना बितिसके पनि एमालेले उनीहरूलाई कुनै कामको जिम्मेवारी दिइएको छैन । त्यस्तै, पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा कानुनमन्त्री रहेका अग्नि खरेल पनि जिम्मेवारीविहीन बनेका छन् । मन्त्री हुनुअघि उनले सम्हाल्दै आएको संसदीय व्यवस्था विभागको जिम्मेवारी पूर्वसभामुख सुवास नेम्वाङलाई दिइएकाले मन्त्रीबाट फर्किएपछि खरेल जिम्मेवारीविहीन बनेका हुन् । नेतृत्वको संकुचित मानसिकताका कारण जिम्मेवारी नपाइएको एक नेताले बताएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।