काठमाण्डौ ।
एनएमबी बैंकले हिमालय कलेज अफ इन्जिनियरिङमा आईटी र इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने भएको छ। कान्तिपुर दैनिकमा समाचार छ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका अध्यक्ष विष्णुप्रसाद शर्मा र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडलबीच शैक्षिक कर्जा योजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि शैक्षिक प्रमाणपत्र धितो राखेर पढ्न पाउने सुनिश्चित भएको हो।
आर्थिक अभावले इन्जिनियरिङ पढ्न नसकेका ग्रामीण क्षेत्रका जेहेन्दार विद्यार्थीहरूले यो सुविधा लिन सक्ने कलेजका निर्देशक रामेश्वर अर्यालले बताए ।
Facebook Comments Box