Author: admin
झापा । झापाको कनकाई नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापाले मतान्तर बढाएका छन्। अहिलेसम्म ४५७० मतगणना गर्दा थापाले १९५१ मतसहित अग्रता कायमै राखेका छन्। थापा एमालेका राजेन्द्र पोखरेल भन्दा ६३० मतले अगाडि छन्। एमालेका पोखरेलले १३२१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले ५७८ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार श्यामसुन्दर ओलीले २०१ मत प्राप्त गरेका छन् ।
झापा । झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाले अग्रता लिएको छ । अहिले सम्म २७५६ मतगणना हुँदा राप्रपाका रविन्द्रप्रसाद लिङ्देनले १३७२ मत ल्याउँदै अग्रता लिएका छन् । उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मी मैनालीले १०९६ मत पाएकी छन् । त्यसैगरी, अध्यक्ष पदमा एमालेका डम्बर बहादुर गिरीले ८५५ मत, काँग्रेसका तुलसी प्रसाद ओलीले २३० मत र माओवादी भवानीप्रसाद दंगालले ८० मत ल्याएका छन् । उपाध्यक्ष पदमा एमालेकी शान्तादेवी गौतमले ८३५ मत, राप्रपाकी लक्ष्मी देवी मैनालीले १०९६ मत, माओवादीकी टिकादेवी राउतले १२५ र मत ल्याएका छन् ।
झापा । झापाको कनकाई नगरपालिकामा नेपाली कांग्रेसबाट बिद्रोह गरेर मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापाले अझै अग्रता बढाएका छन्। ३५७० मत गन्दा थापाले १५१९ मत प्राप्त गरेका छन्। नेकपा एमाले उम्मेदवार राजेन्द्र पोखरेलले १०२१ मत प्राप्त गरेका छन्। थापाले ४९८ मतले अग्रता कायम राखेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले २४४ मत प्राप्त गरेका छन्।
झापा । झापाको कनकाई नगरपालिकाको स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएका शेरबहादुर थापाले अग्रता झनै बढाएका छन् । २११८ मत गन्दा थापाले ९४८ मत प्राप्त गरेका छन् । उनले एमालेका राजेन्द्र पोखरेललाई ३ सय ५७ मतले पछि पारेका हुन् । राजेन्द्रले ५९१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले २४२ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार श्यामसुन्दर ओलीले ८० मत प्राप्त गरेका छन् ।
झापा । बिर्तामोड नगरपालिकामा आएको सरकारी गाडीमा नमूना मतपत्र भेटिएपछि विवाद भएको छ । जिल्ला निर्वाचन कार्यालय झापाको गाडीमा नमूना मतपत्र भेटिएपछि त्यहाँ विवाद भएको हो । मतपत्र भेटिएपछि बिर्तामोड नगरपालिका अगाडि गठबन्धनका कार्यकर्ताले गाडी रोक्दा हुलदंगा भएको छ ।सो गाडीको प्रहरीले कडा सुरक्षा दिएको छ । अहिले बिर्तामोड नगरपालिका अगाडि नेपाली प्रहरी, सशस्त्र प्रहरीको संख्या बढाइएको छ । गाडीमा मतपत्रको ठेली भेटिएको छ । नमूना मतपत्रको ठेली सरकारी गाडीमा भेटिनु र भित्र नगरपालिकाको करारका कर्मचारीमार्फत मतगणना भइरहेकोले निष्पक्षता नभएको गठबन्धन दलको आरोप छ।
झापा । भद्रपुर नगरपालिका वडा नम्वर १ को अध्यक्षमा रामप्रसाद अधिकारी निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट उम्मेद्वार बनेका अधिकारीले ६६३ मात प्राप्त गरेका छन् । उनीसंगै नेकपा एमालेका सबै सदस्य निर्वाचित बनेका हुन् । निर्वाचित हुने वडासदस्यहरुमा टिकाप्रसाद भण्डारी र दिलबहादुर लिम्बू रहेका छन् । त्यस्तै महिला सदस्यमा सीताकुमारी गुरुङ र दलित महिला सदस्यमा अम्विका विश्वकर्मा निर्वाचित भएकी छिन् ।
झापा । झापाको कनकाई नगरपालिकामा नेपाली कांग्रेसबाट बिद्रोह गरेर मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापाले अग्रता कायम राखेका छन्। १८७६ मत गन्दा थापाले ८३१ मत प्राप्त गरेका छन्। भइरहेको मतगणनामा पनि उनले अग्रता बढाइरहेको बताइएको छ। नेकपा एमाले उम्मेदवार राजेन्द्र पोखरेलले ५३८ मत प्राप्त गरेका छन्। थापाले २९३ मतले अग्रता कायम राखेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले २०८ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार श्यामसुन्दर ओलीले ३८ मत प्राप्त गरेका छन्। उपमेयरको मतगणना गर्दा नेकपा एमालेकी उम्मेदवार मञ्जु प्रसाईंले ६७६ मत प्राप्त गरेकी छिन्। त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार आशा शर्माले ५३२ मत प्राप्त गरेकी छिन्।…
बिर्तामोड नगरपालिकामा एमालेले अग्रता लिएको छ। एमालेबाट उम्मेदवार बनेकी पवित्रा महतरा ६६९ मतसहित अग्रस्थानमा छिन् १४७० मत गणना हुँदा कांग्रेस र माओवादी गठबन्धनका भोजराज सिटौलाले ४७४ मत पाएका छन्। उपमेयर पदमा पनि एमालेका नगेन्द्र सिटौलाको अग्रता छ । काँग्रेस र माओवादी गठबन्धनका चन्द्र प्रसाद कडरियाले २९४ पाएका छन् । मतगणना जारी छ।
इलाम । इलामको देउमाई नगरपालिकामा प्रहरीले हवाइ फायर गरेको छ। मतगणनाको क्रममा झडप भएपछि प्रहरीले हवाइ फायर गरेको हो। स्थितिलाई नियन्त्रणमा लिन दुई राउण्ड फायर गरिएको इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए। मतगणना स्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटीएपछि बिबाद उत्पन्न भएको थियो । बिबादले उग्ररुप लिएपछि झडपको अवस्था आएको हो । आक्रोशित भिडले नगरपालिकाको कार्यालय पनि तोडफोड भएको छ । केही म्यादी प्रहरी पनि घाइते भएका छन् ।
काठमाडौं । गोरखाको पालुङटार नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीले अग्रता लिएको छ । कुल ७०० मत गणना हुँदा जसपाका मेयरका उम्मेदवार प्रेम गुरुङले २५५ मत पाएका छन् । दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार दीपकबाबु कँडेलले १९१, नेकपा माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तनले १६४ मत पाएका छन् । मेयरमा एमालेका उम्मेदवार हरि भट्टले ४४ मत पाएका छन् । पालुङटारमा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ । उपमेयरमा नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले १८८ मत पाएकी छन् भने माओवादी केन्द्रकी उपमेयर उम्मेदवार बन्दना पाण्डेले १६९ र एमाले उम्मेदवार पार्वती पाठकले ५२ मत पाएकी छन् ।